ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद) साप्ताहिक राशिफल

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद) +९७७– ९८४२२१९७३५ साप्ताहिक राशिफल
२०७६ श्रावण १९ गते देखि २५ गते सम्म (सन् २०१९ अगष्ट ४ देखि १० सम्म) यो साता भित्र पर्ने मुख्य पर्व तथा शुभ मुहूर्त का दिनहरु
साउन १९ गते – कुनै मुख्य पर्व तथा दिन परेको छैन । साउन २० गते – नागपञ्चमी पर्व नाग टास्ने दिन, बच्चाको अन्नप्राशन पास्नीका लागि मुहूर्त जुरेको दिन छ । साउन २१ गते – कुनै पनि महत्वपुर्ण दिन वा पर्व परेको छैन । साउन २२ गते – तुलसीदास जयन्ती, बच्चाको अन्नप्राशन पास्नीका लागि मुहूर्त जुरेको दिन छ । साउन २३ गते – अष्टमी व्रत, गोरखकाली पुजा र यलपञ्च दान रहेको छ । साउन २४ गते – कल्की जयन्ती, टौदह, आदि स्थानमा मेला, विश्व आदिवासी दिवस रहेको छ । साउन २५ गते – श्री कृष्ण प्रणामी हरुका लागि श्री प्राणनाथ छत्रशाल मिलाप

यो साता ग्रह गोचरको अवस्था
यो साता चन्द्रमा ले साउन १९ गते सिंह राशि, २० र २१ गते दिउँसो ४ बजेर ५१ मिनेट कन्या राशि, २२ र २३ गते तुला राशि, २४ र २५ गते बृश्चिक राशिको गोचर गर्नेछन । यो साता अन्य ग्रहहरु राहु मिथुन राशिमा। शुक्र, सूयर्, मंगल र बुध कर्कट राशिमा, बृहस्पती बृश्चिक राशिमा, केतु र शनि धनु राशिमा गोचर गर्नेछन । यो साता मंगल २५ गते कर्कट राशि बाट सिंह राशिमा प्रवेश गर्नेछन । ग्रहहरुको यो अवस्थाले प्रत्येक राशिमा के असर पर्छ भनेर विष्लेषण गरि यो साप्ताहिक राशिफल तयार गरिएको छ ।

अब शुरु गरौं साप्ताहिक राशिफल बाट

मेष राशि – मेष राशिका लागि यो साता चन्द्रमा को गोचर पञ्चम, षष्टम, सप्तम र अष्टम भावमा हुनेछ । समग्रमा तपाईका लागि यो साता सबल रहेको छ । आफ्नो विद्या र वुद्धि प्रयोग गरि धन आर्जन गर्नूहुनेछ । प्रेम तथा पारिवारिक जिवन सुमधुर रहनेछ । जिवनसाथी सँग हरेक कार्यमा आपसी समन्वय कायम हुनेछ । आर्थीक अवस्था मिश्रित रहनेछ । व्यापार व्यावसाय मा पनि मध्यम समय हुनेछ । नोकरिमा तपाईको कार्यको उचित कदर हुनेछ । बाल बच्चाका कारण चिन्ता बढ्न सक्नेछ । यो साता सन्तान का लागि यो साता बढि समय दिनु पर्ने देखिन्छ । विद्यार्थीको पढाईमा सकारात्मक समय रहनेछ । तर मन चञ्चल भएर पढाईमा राम्रो ध्यान नपुग्न सक्छ सचेत रहनु होला । तपाईले यो साता कसैलाई पनि छिटो विश्वास गरेर हतार मा निर्णय नलिनु उत्तम हुनेछ अन्यथा तपाई धोका मा पर्न सक्नुहुनेछ । विरोधिले तपाईको काम मा वाधा व्यावधान ल्याउन सक्नेछन । मानसिक स्वास्थ्य समेत विग्रन सक्नेछ । यो साता तुलनात्मक रुपमा शुक्रबार र शनिबार तपाईका लागि तपाईका लागि कमजोर दिनहरु रहेका छन । यो साता ग्रहको शुभ प्रभावका लागि हरेक दिन भगवान शिव लाई जल चढाउनु शुभ हुनेछ ।

वृष राशि – वृष राशिका लागि चन्द्रमाले तपाईको यो साता चतुर्थ, पञ्चम, षष्ठम र सप्तम भावमा गोचर गर्ने छन । आईतबार स्वास्थ्यमा समस्या आउने वा परिवारका कारण चिन्ता बढ्न सक्नेछ । परिवारमा कोहि बिमारी पर्न सक्नुहुनेछ । सोमबार देखि अवस्थामा सुधार हुँदै जानेछ । व्यापार व्यावसायमा सकारात्मक समय रहनेछ । नोकरी गर्ने हरुका लागि कार्यस्थलमा उपयुक्त वातावरण बन्नेछ । तपाईको काम देखेर उच्च पदस्थ कर्मचारी प्रशन्न रहनु हुनेछ । धन आर्जन हुनेछ । शत्रु पराजित हुनेछन । पञ्चमा भावमा चन्द्रमा को गोचर का कारण सिर्जनात्मक एवं कलात्मक क्षेत्रमा तपाईको अभिरुचि बढ्नेछ । यो साता प्रेम तथा पारिवारिक सम्बन्ध पनि सुमधुर रहनेछ । प्रेमी सँग रमाईला पल हरु विताउन सकिने योग छ । सन्तान बाट सुख प्राप्त हुनेछ । विद्यार्थी वर्गका लागि पनि यो साता उत्तम रहेको छ । तपाईको मेहेनत देखेर साथीहरु पनि तपाईको पछि लाग्न सक्नेछन । यो साता ग्रहको शुभ प्रभावका लागि हरेक दिन कार्यमा निस्कनु अघि वा कुनै महत्वपुर्ण कार्यको शुरुवात गर्नू अगाडी देवीको पुजा आराधना गर्नू शुभ हुनेछ ।

मिथुन राशि – यो साता मिथुन राशिका लागि चन्द्रमा को गोचर तृतीय, चतुर्थ, पञ्चम र षष्ठम भावमा हुनेछ । तपाईका लागि यो साता शुभ रहेको छ । शाताको शूरुवात मा नै चन्द्रमाको गोचर तृतिय भावमा रहने हुनाले कुनै पनि कार्यमा तपाईको साहस तथा पराक्रम बलियो रहने छ । कार्य क्षेत्रमा तपाईको प्रदर्शन उच्च रहनेछ । मान सम्मान मा वृद्धि हुनेछ नयाँ सामानको खरिद हुनेछ । कसैलाई उधारो वा सापटि दिनु भएको छ भने फिर्ता आउनेछ । आफ्ना भाई बहिनीहरु बाट पनि राम्रो साथ र सहयोग प्राप्त हुनेछ । यो साता आम्दानी बढ्नेछ । व्यापार व्यावसाय बाट उचित लाभ हुनेछ । परिवारमा मेल मिलाप र शान्ति कायम हुनेछ । प्रेम सम्बन्ध पनि यो साता सुमधुर रहनेछ । विद्यार्थीका पढाईमा सकारात्मक समय रहनेछ। सोमबार र मंगलबार भने तुलनात्मक रुपमा कमजोर दिन रहेका छन । यि दिनमा कुनैपनि महत्वपुर्ण कार्यको शुरुवात नगर्नू उत्तम हुनेछ। यो साता ग्रहको शुभ प्रभावका लागि हरेक दिन कार्यमा निस्कनु अघि वा कुनै महत्वपुर्ण कार्यको शुरुवात गर्नू अगाडी भगवान शिवको पुजा आराधना गर्नू शुभ हुनेछ ।

कर्कट राशि – साताको शुरुमा चन्द्रमाको गोचर धन स्थानमा रहने हुनाले व्यापार व्यावसाय बाट प्रशस्त धन आर्जन हुनेछ । सञ्चार सीपमा प्रभावकारीता बढ्नेछ । आफ्नो मिठो बोलीले अरुलाई प्रभावित गर्न सक्नुहुनेछ । मानसीक स्वास्थ्य सबल रहनेछ । परिवार तथा साथीभाई सँग रमाईलो एवं मनोरञ्जनात्मक कार्य मा संलग्नता हुनेछ । सामाजिक कार्यमा मन जानेछ भने ईज्जत र प्रतिष्ठा समेत बढ्नेछ । साझेदारीका कार्यबाट उचित मुनाफा आर्जन हुनेछ । नाकरी मा कार्यरत हरुका लागि कार्य स्थलमा सहयोगी बातावरण प्राप्त हुनेछ । पारिवारिक जिवन सकारात्मक रहनेछ । दाम्पत्य जिवन सुखद रहनेछ । मांगलिक कार्यमा सरिक हुने अवसर जुट्नेछ । विद्यार्थीका लागि अनुकुल रहेको छ । प्रेम सम्बन्धमा भने यो साता खटपट देखिन सक्नेछ । आफ्नो बोली र व्यावहारमा संयम रहनुहोला । तपाईका लागि तुलनात्मक रुपमा बुधबार र बिहिबार कमजोर दिनहरु रहेका देखिन्छन । यो साता ग्रहको शुभ प्रभावका लागि हरेक दिन कार्यमा निस्कनु अघि वा कुनै महत्वपुर्ण कार्यको शुरुवात गर्नू अगाडी ॐ नम शिवाय मन्त्र ३ पटक जप गर्नू शुभ हुनेछ ।

सिंह राशि – सिंह राशिका लागि यो साता चन्द्रमा ले तपाईको शिरमा, द्धितीय, तृतीय र चतुर्थ भावमा गोचर गर्नेछन । समग्रमा सिंह राशिका लागि यो साता मिश्रित रहेको छ । कमजोर चन्द्रमाको प्रभाव शिरमा भएर मन बिचलित हुने र तपाई बाट गलत निर्णय हुन सक्नेछ । सजग रहनु होला । यो साता तपाईलाई बढि अल्छि लाग्न सक्छ । रोग प्रतिरोध क्षमता कमजोर हुने एवं मनमा चिन्ता भने बढ्न सक्नेछ । यसका लागि दैनिक ध्यान तथा योगा मा केहि समय दिनु् उत्तम हुनेछ । सामाजिक क्षेत्र बाट समेत चुनौतीहरु देखिन सक्नेछन। तर मंगलबार देखि भने अवस्थामा सुधार हुँदै जानेछ । प्रेम तथा पारिवारिक जिवन सुमधुर रहनेछ । विद्यार्थीको पढाईमा विभिन्न कारण बस वाधा आउन सक्नेछन । सकारात्मक सोच का साथ पढाईमा ध्यान दिनु आवश्यक छ । अप्ठ्यारो परिस्थितीमा आफना आफन्तको सहयोग भने मिल्नेछ । यो साता प्रेम सम्बन्ध सुमधुर रहनेछ । शुक्रबार र शनिबार तुलनात्मक रुपमा तपाईका लागि कमजोर दिन रहेका छन । यो साता ग्रहको शुभ प्रभावका लागि हरेक दिन कार्यमा निस्कनु अघि वा कुनै महत्वपुर्ण कार्यको शुरुवात गर्नू अगाडी शिवको पुजा आराधना गर्नु शुभ हुनेछ ।

कन्या राशि – यो साता चन्द्रमा ले तपाईको व्यय स्थान, प्रथम, द्धितीय र तृतीय भावमा गोचर गर्नेछन । कन्या राशिका लागि यो साता मिश्रित रहनेछ। आईतबार बाह्रौं भावमा चन्द्रमाको गोचर बाट साताको शुरुवात हुनेछ । जसले गर्दा स्वास्थ्य बिग्रन सक्नेछ । तपाईको बोली र व्यावहार अरुका लागि रुखोपन देखिन सक्नेछ । संयम रहनु होला । तपाईको यो साता नसोचेको क्षेत्रमा खर्च हुन सक्नेछ । तर सोमबार देखि भने अवस्थामा सुधार हुनेछ तपाईको नोकरीमा सफलता मिल्नेछ । कार्यस्थलमा सकारात्मक वाताबरण कायम हुनेछ । आफ्ना साथीभाई बाट सहयोग प्राप्त हुनेछ । बौद्धिक क्रियाकलापमा सक्रियता बढ्नेछ । व्यापार व्यावसायमा मिश्रित समय रहनेछ । साझेदारी का कार्यमा विवाद आउन सक्नेछ । धैर्यताका साथ काम गर्नुहोला। प्रेम तथा पारिवारिक जिवन सकारात्मक रहनेछ । विद्यार्थीको पढाई मा कमजोरीमा देखिन सक्नेछ । पढाईमा राम्रो ध्यान दिनु होला । यो साता ग्रहको शुभ प्रभावका लागि कुनै पनि महत्वपुर्ण कार्यको शुरुवात गर्नू अगाडी भगवान शिवको पुजा आराधना गर्नु उत्तम हुनेछ।

तुला राशि– तुला राशिका लागि चन्द्रमाको गोचर लाभ स्थान, व्यय स्थान, शिर र धन स्थानमा हुनेछ । साताको शुरुमा लाभ स्थान मा चन्द्रमाको प्रभाव रहने हुनाले यो साता व्यापार व्यावसाय बाट प्रशस्त आम्दानी हुने देखिन्छ । आर्थीक अवस्था सबल रहनेछ । आत्मबिश्वास एवं आत्मसम्मान उच्च रहनेछ । नोकरीमा भने मिश्रित अवस्था रहनेछ । कार्यालयमा आफु भन्दा उच्च अधिकारी सँग सहकार्य गरि अगाडी बढ्नु शुभ हुनेछ । अनावश्यक विवाद बाट बच्नु उत्तम हुनेछ । सजग रहनुहोला। त्यसैगरि आफ्ना दाजुभाईहरु सँग पनि कतिपय विषयमा विवाद पर्न सक्ने देखिन्छ । परिवारका अन्य सदस्य सँग सकारात्मक सम्बन्ध कायम रहनेछ । आफ्नो जिवन साथि बाट उचित साथ र सहयोग प्राप्त हुनेछ । विद्यार्थीको पढाई भने कमजोरी देखिन सक्ने हुनाले पढाईमा बढि ध्यान दिनु आवश्यक छ । सोमबार र मंगलबार तुलनात्मक रुपमा कमजोर दिनहरु रहेका छन । यि दिनहरुमा अनावश्यक यात्रा हुने एवं खर्च बढ्न सक्नेछ । यो साता ग्रहको शुभ प्रभावका लागि हरेक दिन कार्यमा निस्कनु अघि वा कुनै महत्वपुर्ण कार्यको शुरुवात गर्नू अगाडी देवीको पुजा आराधना गर्नू शुभ हुनेछ ।

बृश्चिक राशि – बृश्चिक राशिका लागि यो साता चन्द्रमा ले दशम, एकादश, व्यय र प्रथम भावमा गोचर गर्नेछन । तपाईका लागि यो साता उत्तम रहने देखिन्छ । नोकरी गर्ने हरुका लागि शुभ समय रहनेछ । कडा परिश्रम बाट चुनौती पुर्ण कार्यहरु सम्पन्न गर्न सक्नु हुनेछ । कुनै सरकारी कार्य अल्झिएर रहेका छन भने यो साता पुरा हुनेछन । तपाईका विरोधिहरु पराजित हुनेछन । नोकरीमा पनि उच्च अधिकारी बाट तपाईको कार्यमा सहयोग हुनेछ। सामाजिक एवं आध्यात्मिक कार्यमा मन जानेछ । मान प्रतिष्ठा बढ्नेछ । साथीभाईको साथ र सहयोग ले आत्मविश्वास बढ्नेछ । यो साता व्यापार व्यावसाय मा सकारात्मक समय रहनेछ । आम्दानी बढ्नेछ । परिवारमा मेलमिलाप कायम रहनेछ । प्रेम सम्बन्ध पनि सुमधुर रहनेछ । आफ्नो प्रेमी सँग कुनै रमाईलो ठाउँमा भ्रमणमा गई रमाइलो गर्ने योग छ । तर तपाईले यो साता आफ्नो रिस लाई नियन्त्रणमा राख्नु उत्तम हुनेछ । क्षिण चन्द्रमाका कारण संवेगमा विचलन आउन सक्नेछ । बुधबार र बिहिबार तुलनात्मक रुपमा कमजोर दिन रहेका छन । यो साता ग्रहको शुभ प्रभावका लागि कुनै महत्वपुर्ण कार्यको शुरुवात गर्नू अगाडी भगवान श्री गणेशको पुजा आराधना गर्नू शुभ हुनेछ ।

धनु राशि– धनु राशिका लागि चन्द्रमाले यो साता नवम, दशम, एकादश र व्यय भावमा गोचर गर्नेछन । तपाईका लागि यो साता शुभ रहेको छ । गरेका कार्यमा भाग्यले साथ दिनेछ । तपाइको परिश्रम अनुसार सफलता मिल्नेछ । आर्थीक अवस्था सकारात्मक रहनेछ । त्यसैगरि व्यापार व्यापसाय बाट पनि उचित लाभ मिल्नेछ । अचानक धन लाभ हुने योग छ । व्यापार व्यावसायबाट सोचे अनुरुप फाईदा हुनेछ । नोकरी गर्नेहरुका लागि कार्य स्थलमा तपाईको कार्यको प्रशंसा हुनेछ । पिता सँग कतिपय विषयमा विवाद पर्न सक्नेछ । सचेत रहनुहोला । बिद्यार्थीको पढाईका लागि उत्तम साता रहेको छ । प्रेम तथा पारिवारिक जिवन मिश्रित रहनेछ । परिवार का सदस्य सँग कुनै नयाँ ठाउँमा गई रमाईला पलहरु बिताउन सक्नुहुनेछ । तुलनात्मक रुपमा शनिबार भने तपाईका लागि कमजोर दिन रहेको छ । यो साता ग्रहको शुभ प्रभावका लागि हरेक दिन कार्यमा निस्कनु अघि वा कुनै महत्वपुर्ण कार्यको शुरुवात गर्नू अगाडी भगवान शिवको पुजा आराधना गर्नु शुभ हुनेछ ।

मकर राशि – मकर राशिका लागि यो साता चन्द्रमा ले तपाईको अष्टम, नवम, दशम र एकादश भाव को गोचर गर्नेछन ।मकर राशिका लागि यो साता मिश्रित रहने देखिन्छ । साताको शूरुमा चन्द्रमाको गोचर अष्टम भावमा रहने हुनाले स्वाथ्य सम्बन्धि समस्या देखिन सक्नेछ । शत्रुले काम मा बाधा पार्न सक्नेछन । मनमा डर र चिन्ता बढ्न सक्नेछ । बिहानको समयमा ध्यान तथा योगा मा समय दिनु शुभ हुनेछ । कुनै पनि महत्वपूर्ण काम बारे हतारमा निर्णय नगर्नु उत्तम हुनेछ । कार्यमा शत्रुबाधा देखिन सक्नेछ । विना अर्थका यात्राहरुमा जानु पर्ने अवस्था आउनेछ । तर सोमबार देखि भने अवस्थामा सुधार हुनेछ । दाम्पत्य सम्बन्ध प्रगाढ रहनेछ । यो साता सामाजिक एवं आध्यात्मिक कार्यमा सक्रियता बढ्नेछ । साथीभाई सँग रमाईला पल हरु बिताउन सकिने योग छ । ब्यापार व्यावसाय बाट उचित लाभ मिल्नेछ । अचानक धन लाभ हुने योग छ । पारिवारिक जिवन सुखद रहने छ । प्रेमी सँग कतिपय विषयमा वादविवाद पर्नाले चिन्ता बढ्न सक्नेछ । आपसी समझदारी कायम गर्न इमान्दारीताका साथ प्रयास गर्नुहोला । पढाईका लागि सकारात्मक समय रहनेछ । यो साता ग्रहको शुभ प्रभावका लागि कुनै महत्वपुर्ण कार्यको शुरुवात गर्नू अगाडी भगवान शिवको पुजा आराधना गर्नू शुभ हुनेछ ।

कुम्भ राशि – कुम्भ राशिका लागि यो साता शुभ रहने छ । साताको शुरुमा चन्द्रमाको गोचर सप्तम भावमा रहने हुनाले । व्यापार व्यावसाय मा सफलता मिल्नेछ। साझेदारीका कार्यबाट लाभ हुनेछ । आयात निर्यात का क्षेत्रमा बढोत्तरी हुनेछ । आम्दानीका क्षेत्रहरु बढ्दै जानेछन । यो साता विशेष गरि खोज तथा अनुसन्धान गर्नेहरुका लागि उत्तम समय रहनेछ । कला तथा साहित्य क्षेत्रमा कलम चलाउने महानुभावहरुका लागि पनि सिर्जनात्मक क्षमता उच्च रहनेछ । नोकरी गर्ने हरुका लागि सकारात्मक रहनेछ । स्वास्थ्य अवस्था सकारात्मक रहनेछ । सामान्य चोटपटक को सम्भावना देखिन्छ । आफ्ना साथिभाई बाट महत्वपुर्ण साथ र सहयोग प्राप्त हुनेछ । प्रेम तथा पारिवारिक जिवन सुखद रहनेछ । आफ्नो प्रेमीको हरेक सुख दुखमा साथ र सहयोग रहनेछ । विद्यार्थीको पढाईमा समस्या आउन सक्नेछ । तपाईका लागि सोमबार र मंगलबार तुलनात्मक रुपमा कमजोर दिनहरु रहेका छन । यो साता ग्रहको शुभ प्रभावका लागि कुनै महत्वपुर्ण कार्यको शुरुवात गर्नू अगाडी भगवान शिवको पुजा आराधना गर्नु शुभ हुनेछ ।

मिन राशि – यो साता चन्द्रमाले तपाईको षष्टम, सप्तम, अष्टम र नवम भावमा गोचर गर्नेछन । समग्रमा मिन राशिका लागि यो साता मिश्रित रहेको छ । साताको शुरुमा छैठौं भावमा चन्द्रमाको गोचर रहने हुनाले चिन्ता बढ्न सक्नेछ । विरोधीहरुको बोलवाला बढ्न सक्नेछ । सन्तानको विषयलाइृ लिएर चिन्ता बढ्न सक्नेछ । यो साता तपाईको सिर्जनसिलता बढ्नेछ । व्यापार व्यावसायमा मिश्रित समय रहनेछ । आर्थीक अवस्था मा सामान्य उतार चढाव आउन सक्नेछन । नोकरी गर्नेहरुका लागि पनि शुभ समय रहनेछ । कार्यस्थलमा सहकर्मी साथी बाट सहयोग प्राप्त हुनेछ । यो साता नोकरी बदल्न सक्नु हुनेछ । त्यसैगरि आफ्नो जिवन साथि सँग रमाइल पल हरु विताउने अवसर प्राप्त हुनेछ । विद्यार्थीको पढाईमा मन जानेछ । परिवारमा मेलमिलाप कायम रहनेछ । प्रेम सम्बन्ध सुमधुर रहनेछ । तपाईको सुखदुखमा प्रेमीको साथ र सहयोग हुनेछ। बुधबार र बिहिबार भने तुलानात्मक रुपमा कमजोर दिनहरु रहेका छन। अनावश्यक विवाद आई लाग्न सक्नेछ । सचेत रहनु होला । यो साता ग्रहको शुभ प्रभावका लागि हरेक दिन कार्यमा निस्कनु अघि वा कुनै महत्वपुर्ण कार्यको शुरुवात गर्नू अगाडी ॐ नम शिवाय मन्त्र ३ पटक जप गर्नू शुभ हुनेछ ।