‘बोल माया र गलबन्दी’ ले चर्चाको शीखरमा पुगेकी गायिकाको तिज कोसेली ‘फुलमती चनमती’ (भिडियो सहित)

काठमाडौँ । नेपाली तीज पर्व नजिकिए संगै तीजका गीतहरु आउने क्रम एकदमै बढ्दो छ। यो बर्षको तीज गीतको भिडमा अलि फरक गित लिएर आएकी छन् चर्चित ‘गलबन्दी गायिका शान्ति श्री परियार ।

‘बोल माया र गलबन्दी’ ले चर्चाको शीखरमा पुगेकी गायिका परियार यतिबेलाकी व्यस्त गायिकाको रुपमा परिचित हुनुहुन्छ। उनै गायिका परियारको तीज गीत ‘फुलमती चनमती’ आफ्नै युटुब मार्फत सार्वजनिक भएको छ । उक्त गित लाइ धेरै दर्शकहरुले मन पराइ दिनु भएको जानकारी गायिकाको फेसबुक वालमा पनि देख्न सकिन्छ ।

गीतमा गायिका परियारसहित ज्ञानु परियार र गायक खेम सेन्चुरी स्वर रहेको छ । गायिका परियार दुबै दिदिबहिनी हुनुहुन्छ । नेत्र अर्यालको शब्द रहेको गीतमा गायक सेन्चुरी आफैँले संगीत भरेका छन् । मारुनी डिजिटल स्टुडियोमा रेकर्ड गरिएको गीतलाई कृष्ण विकले एरेन्ज गरेका हुन् ।

शिव विकले निर्देशन गरेको गीतको भिडियोमा अञ्जली अधिकारी र गायिका परियारले अभिनय गरेका छन् । गीतको भिडियो दुर्गा पौडेलले खिचेका हुन् । यस गीतले तीजको मौलिकतालाई झल्काएको छ । हामी लाइ आशा छ गायिका शान्ति श्री परियारको यो ‘फुलमती चनमती’गितले फेरी पनि सफलताको शिखर चुम्न सकोस ।

भिडियो हेर्नुहोस्