‘आमाले पकाएको दर राम्रो’ गायिका कोपिला गौतमको मौलिक तीज गीत सार्वजनिक

काठमाडौं । पछिल्लो समय नेपाली सांगितिक बजार तीज गीतले छोएको छ । दिनप्रतिदिन नयाँ नयाँ तीज गीतहरु सार्वजनिक भएका छन् । त्यसै क्रममा पुरानी गायिका कोपिला गौतमको पनि मौलिक तीज गीत सार्वजनिक भएको छ । गौतमको नयाँ तीज गीतको बोल हो ‘आमाले पकाएको दर राम्रो’ । वास्तवमा भेलिलाई तीजमा माईती नै प्यारो हुन्छ । भनिन्छ ‘भेलीलाई माईतीको कुकुर पनि प्यारो लाग्छ ।’ त्यसै अनुसार तयार परिएको गीत ‘आमाले पकाएको दर राम्रो’ हो ।

पछिल्लो समय पुरानी गायिका कोपिला गौतमको गीतहरु त्यती बजारमा आएका छैनन् । तर तीज गीत भने उनले प्रत्यक बर्ष बजारमा ल्याईरहेकी छन् । पुर्वको ईलाममा जन्मीएकी गौतमलाई पश्चि गीत गाउन त्यति सजिलो त थिएन । तर यनले त्यसलाई सामना गरि लाईभ दोहोरी गाउँछिन् । पूर्वेली भाकाहरु देखि पश्चिमको दोहोरी गीतसम्म गाउँदै आएकी छन् । उनको स्वर करिब एक डेड दर्जन गीतहरु बजारमा आएका छन् ।

केही बर्षअघि गायक पशुपति शर्मासँगको सहकार्यमा गौतमको ‘पोखरा फेवाताल’ सुपरडुपर हिट भएके थियो । आजका दिनमा पनि यो गीत त्यतिकै हिट छ । त्यस्तै चन्द्र शर्मा र प्रचण्ड जिसीसँग गाएको तीज गीत ‘चौतारी ताकेर’ले गत बर्ष चर्चा बटुल्न सफल भएको थियो ।
‘आमाले पकाएको दर राम्रो–आफैंले रोजेको वर राम्रो’ गीतमा गीतकार तथा पत्रकार लोकराज अधिकारीको शब्द रहेको छ । जसमा गोविन्दमधुर आचार्यले संगीत दिएका छन् भने उनकै संगीत संयोजन रहेको छ । स्वर कोपिला गौतमको रहेको छ ।

यस गीतको म्यूजिक भिडियोलर्फ स्मृति तिमिल्सिना ‘गुरुआमा’ले निर्देशन गरेकी छन् । भिडियोमा भने कोपिला गौतम आफैं देखिएकी छन् जसमा चाहना राना मगरको अभिनय रहेको छ । सुरेश श्रेष्ठको छायाँकन रहेको यस भिडियोलाई प्रकाश धमलाले सम्पादन गरेका छन् । गीतलाई शुभकामना मिडियाले बजार व्यवस्थापन गरेको हो ।अडियो भिडियो दुबै पक्षमा मौलिकता झल्कीएको ‘आमाले पकाएको दर राम्रो’ गीतलाई म्यूजिक खबरको यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको छ ।

भिडियो लिंक