गुल्मीमा पहिरोले एकै परिबारका ८ जनालाई हेर्दाहेदै बगायो, यस्तो बिजोग छ बुढा हजुरबाको अवस्था (भिडियो सहित)

गुल्मी । सत्यवती गाउँपालिकामा सोमबार राति गएको पहिरोमा पुरिएका १३ जनाकै शव निकालिएको छ । पहिरोमा पुरिएर बेपत्ता भएका १३ जनाकै शव निकालेर परिवारको जिम्मा लगाइएको गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिएका छन् । पहिरोमा पुरिएर हराइरहेकी लिम्घाकी ८ वर्षीया तारा विकको शव नेपाली सेनाको टोलीले बिहीबार बिहान निकालेको हो । गएको सोमबार राति वर्षापछि आएको पहिरोका कारण सत्यवती गाउँपालिकाको ठूलोलुम्पेक र लिम्घामा गरी ६ सय भन्दा बढी स्थानीय विस्थापित बनेका छन् । विस्थापित भएकाको तत्कालका लागि अस्थायी क्याम्प निर्माण गरी व्यवस्थापन गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए । विस्थापितहरुका लागि खाद्यान्नको समस्या भएपछि बुधवार नेपाली सेनाको हेलिकप्टरबाट खाद्य सामग्री वितरण गरिएको थियो ।

त्यहाँ पुग्दा अवस्था निकै दर्दनाक थियो । हामीले केही पिडितहरुको पिडा यो भिडियोमा लिने प्रयास गरेका छौ । हेरौ सोही भिडियो ।