चर्चामा सन्तोष सेनको ‘प्रेमगीत ३’– घोडा सवारीको अभ्यास गर्दै मुख्य कलाकारहरु

काठमाडौं । यो वर्षको बहुप्रतिक्षित फिल्म ‘प्रेमगीत–३’को छायाङ्कन दशैं लगत्तै सुरु गरिने निर्माता सन्तोष सेनले पहिल्यै जानकारी गराइसकेका छन् । सुपरहिट फिल्म प्रेमगीतको तेस्रो सिक्वेल भएकै कारण पनि चर्चामा रहेको यो फिल्ममा विभिन्न जेनेरेशनका कलाकारहरु अनुबन्धित भएका छन् ।

पूरानादेखि नयाँ कलाकारहरुसम्म यो फिल्ममा अनुबन्धित भएसँगै फिल्मको चर्चा निकै चुलिएको छ । अडिसनमा २७ सय भन्दा बढी प्रतिस्पर्धीहरुलाई उछिन्दै फिल्मको मुख्य अभिनेत्री अर्थात ‘गीत’ पात्रको लागि कृष्टिना गुरुङ छनौट भइसकेकी छन् । मल्टिस्टार ‘प्रेमगीत–३’को लागि बरिष्ठ कलाकार शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, प्रदीप खडका, पुष्कर कार्की, प्रेम पुरी, नव–नायिका कृष्टिना गुरुङ, अनुभव रेग्मी र समृद्धी शाहीको मुख्य भूमिकाको लागि फाइनल भएका छन् ।

यस फिल्मको लागि यतिबेला जोड–तोडका साथमा तयारी भइरहेको निर्माता सेनले जानकारी गराएका छन् । फिल्मको अधिकांश कलाकारहरु फाइनल भइसकेको पनि निर्माता सेनले जानकारी गराएका छन् । फिल्मको लागि यतिबेला मुख्य कलाकारहरु घोडा सवारीको अभ्यास गरिरहेका छन् ।

निर्माता सेनका अनुसार अभिनेत्री क्रिष्टिनाको साथमा मुख्य अभिनेता प्रदीप खड्का, शिव श्रेष्ठ, सन्तोष सेन, नव–नायक मनिष राउत, प्रेम पुरी, पस्कर कार्की, सुनिल थापा, अनुभव रेग्मी लगायत कलाकारहरुले घोडा सवारीको अभ्यास गरिरहेका छन् ।

नयाँ वर्षको अवसरमा चैत २८ गतेबाट सम्पूर्ण दर्शकमाझ रिलिजमा आउँदै गरेको ‘प्रेमगीत–३’ निर्माण टिमले गरिरहरेको मिहेनत निकै तारिफयोग्य देखिएको छ । यो फिल्मको कथा निर्देशक छेतेन गुरुङ र मन्दिप गौतमले लेखेका हुन् ।

फिल्मलाई निर्माता तथा कलाकार सन्तोष सेन र छेतेन गुरुङले एकसाथ निर्देशन गर्दैछन् ।