झापा दमकको ग्या*ङ फा*इटमा ज्यान गु*माएका युवालाइ यसरी प्र*हार गरिएको रहेछ, आफन्तको रुवाबासी (भिडियो सहित)

झापा, दमक । झापाको दमकमा रहेको दुर्गा मन्दिर छेउमा युवाको समूहबीच झगडा हुँदा एक जनाको मृत्यु भएको छ भने दुई घाइते छन् ।
जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार मृत्यु हुनेमा दमक-२ का १८ वर्षीय विक्रम लिम्बू छन् । घटनामा दमक ३, बेलडाँगीका सरोज भण्डारी र दमक ३ का सुजन भुजी घाइते छन् ।भण्डारीलाई थप उपचारका लागि बिर्तामोडको बिएन्डसी हस्पिटल पठाइएको छ भने अर्का घाइतेको अवस्था सामान्य रहेको झापाका एसपी दिनेशराज मैनालीले जानकारी दिए ।

बुधबार अपरान्ह भएको घटनामा संलग्न ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । ‘घटनाको एक घण्टा नवित्दै उनीहरूलाई समातेका हौँ’, मैनालीले भने ।सामान्य विषयलाई लिएर विवाद भएको बताइए पनि विस्तृत खुलिसकेको छैन ।झडप के कारणले भएको हो भन्ने बिषयमा अझ स्पष्ट कारण खुलेको छैन तल भिडियोमा हेर्नुहोला ।