गायिका कला लम्सालको नया तीज कोसेली ”पातली” ले दर्शकहरुको मन मुटु छुदै (भिडियो सहित)

नेपाली तीज पर्व नजिकिए संगै तीजका गीतहरु आउने क्रम एकदमै बढ्दो छ। यो बर्षको तीज गीतको भिडमा अलि फरक कहानी लिएर कला लम्सालको तीज गीत “पातली” सार्वजनिक भएको छ । हिन्दु धर्मावलम्बी नेपाली नारीहरुको महान चाड हरितालीका तीजलाई लक्षीत गरि “पातली” बोलको तीज गीत कला लम्सालको अफिसियल युट्यूब च्यानल मार्फत सार्वजनिक भएको छ ।

आफ्नै नयाँ युट्युव च्यानलबाट सार्वजनकि गरेको भिडियो अहिले सर्बाधिक चर्चामा छ। उक्त गीत दर्शक हरुले बढी मन मन पराइ दिनु भएको गायिका कलाले जानकारी गराउनु भयो। मौलिक गीत गाउँने गायिकाको रुपमा चिनिएकी गायिका लम्सालले यसअघि ‘छड्के तिलहरी’, ‘छड्के तिलहरी–२’, ‘महारानी’ लगायतका तीज गीत बजारमा ल्याएकी छिन् ।

गायिका / मोडल कलाका १० वटा भन्दा बढी एल्बम बजारमा आइसकेको छ भने दुई दर्जनभन्दा बढी गीतहरुमा आवाज उनले दिइसकेकी छिन्। यस गितमा शिव हमालको लय तथा शब्द रहेको उक्त गीतमा कला लम्सालको सुमधुर स्वर रहेको छ भने गीतलाई आशिष अविरलले एरेन्ज गरेका छन ।

प्रकाश भट्टको निर्देशनमा तयार पारिएको म्युजिक भिडियोमा करिश्मा ढकाल र कला लम्सालको उत्कृष्ट अभिनय रहेको छ भने भिडियोलाई राजेश घिमिरेले छायांकन साथै बिष्णु शर्माले सम्पादन गरेका छन ।

हेरौ यो मिठो भिडियो तिज कोसेली :