जुम्ल्याहा दाजुभाई तीज गीतमा नाच्दा केटी मोडल झुक्किएर हैरान (भिडियो)

बिराज र बिक्रम थापामगर दुबै जुम्ल्याहा दाजु भाई हुन् । पोखरामा लोकप्रिय गायक तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय उपमहासचिव चोलेन्द्र पौडेल र तुलसी क्षेत्रीको नयाँ तीज गीत काँकरी गीतको छायंकनमा जुम्ल्याहा दाजुभाई नाच्दा मोडल नितु गुरुङ बारम्बार झुकिएकी थिईन् । साउन १ गते उक्त काँकरी गीतको म्यूजिक भिडियो गायक पौडेलकै युट्यूब बाट सार्वजनिक भएको भएको छ । म्यूजिक भिडियोमा मुन्द्र कमेडी शो का हाँस्यकलाकार लट्टे (राजेन्द्र नेपाली) र पोखरेली कलाकार बैकरे (युवराज भण्डारी), सबिना क्षेत्रीले अभिनय गरेका छन् । गीतमा चोलेन्द्र पौडेल र तुलसी क्षेत्रीको स्वर रहेको छ भने लय स्वयं पौडेलले गरेका छन् ।
लोकप्रिय सर्जक शिब अखेलीले शब्दलाई मिलाएर युवा निर्देशक युवराज भण्डारीले भिडियोलाई निर्देशन गरेका छन् । होम गुरुङको कोरियोग्राफी, गणेश सापकोटाको छायांकन रहेको भिडियो फलानो क्रियशनको स्टूडियोमा सुबास अम्गाईले सम्पादन गरेका हुन् ।