निशु ढकालको ‘मेरो प्रेम’ सार्वजनिक (भिडियो सहित)

काठमाडौँ । पछिल्लो पुस्ताकी चर्चित गायिका निशु ढकालको ‘मेरो प्रेम’ सार्वजनिक भएको छ । ढकालको स्वर रहेको गीतको भिडियो ओएसआर डिजिटल नामक युटुब च्यानलमार्फत सार्वजनिक भएको हो। गीतमा शब्द तथा संगीत नविन के तिमल्सिनाको रहेको छ । भिडियोलाई सुनिल शाहीले छायाकन गरेका छन् । भिडियोलाई सम्पादन तथा निर्देशन तिमल्सिनाले नै गरेका छन् ।

निशु ढकाल नेपाली सांगीतिक आकाशमा एउटा छुट्टै पहिचान बनाउन सफल पूर्वकी गायिका हुन् । पछिल्लो समय निरन्तर सांगीतिक जगतमा रमेकी निशुको पारिवारिक पृष्ठभूमि संगीत अनुकुल रहेका कारण उनलाई यस क्षेत्रमा सजिलै अगाडि बढ्ने अवसर मिल्यो र अगाडी बढी रहेकी छन । भजन गीत गाएर संगीत क्षेत्र प्रवेश गरेकी उनी अहिले बढी चाडपर्वका गीत लिएर आइरहेकी छिन् ।

निशु ढकाल संगको बिशेष कुराकानी सांगीतिक माहोललाइ समेटेर छिट्टै स्कटनेपाल मार्फत आइ रहेको जानकारी यहा हरुलाई गराउन पनि चाहन्छौ।

अहिले लाइ हेरौ यो नया भिडियो भर्खरै सार्बजनिक भएको :