नेपाली चेली कन्चन अमात्य अमेरिकामा प्रतिष्ठित २०१९ राइस अवार्ड (पुरस्कार) द्वारा सम्मानित

विजय थापा अमेरिका,
डिसी ,नेपाली मूलकी चेली कन्चन अमात्य अमेरिकाको प्रतिष्ठित २०१९ राइस अवार्ड(पुरस्कार) द्वारा सम्मानित भएकी छिन । उनलाई उक्त सम्मान वाशिंगटन डिसी स्थित रोनाल्ड रेगन अन्तर्राष्ट्रिय केन्द्रमा सम्मानित गरिएको हो ।

अमात्यलाई उक्त पुरस्कार अन्तर्राष्ट्रिय विकासमा नेतृत्व तथा नविन पद्धतिको भूमिका निर्वाह गरेकोमा उक्त पुरस्कार गरिएको हो । उक्त समारोहमा बिश्व का एक हजार भन्दा ज्यादा उच्च स्तरीय व्यावसायिकहरुको भेलामा बिभिन्न व्यक्तिहरुलाई पुरस्कार प्रदान गरिएको हो ।

बिगतमा उक्त पुरस्कार दि ट्रुम्यान अवार्ड नाम राखिएको थियो भने उक्त पुरस्कार सन् २००३ मा एनड्रु ई राइसले नेतृत्व ,नविन पद्धति ,प्रभाव तथा प्रतिबद्धताका लागि स्थापित गरेका थिए । स्व एनड्रुले प्रमुख विकास पहलहरूको लागि सहयोग गरेका थिए ।

उक्त पुरस्कारको लागी विश्वभरका २२ वटा राष्ट्रहरुमा ब्राजिल,कम्बोडिया ,क्यानडा ,एल साल्भाडोर ,भारत ,नेपाल ,नाइजेरिया लगायत २२ वटा राष्ट्रहरु रहेका थिए । फोर्ब्स पत्रिका द्वारा ३० बर्ष मुनिका ३० सूचीमा परेकी कन्चन अमात्य हाल महिलाको आर्थिक सशक्तिकरणको लागी युएन वुमेन ग्लोबल च्याम्पीएनमा कार्यरत छिन ।

कन्चन अमात्यले पुरस्कार स्वीकार गर्दै उनले भनिन , “म यहाँ डीसीमा यो पुरस्कार स्वीकार गर्दछु, म मेरो घर देश लगायत संसार वरपरका महिला र युवतीलाई बिर्सन सक्दिन किनभने उनीहरु बिद्यालय जान पाउदैनन ।

उनले अगाडी भनिन जसको अधिकार उल्लङ्घन गरिएको छ, जसको सम्मानलाई अस्वीकार गरिएको छ र जसको आवाजहरू सुनिदैन भन्दै प्रसिद्ध पुरस्कार स्वीकार गरेकी थिइन् ।

ललितपुर पाटन घर भएर हाल अमेरिकामा बसोबास गर्दै आएकी अमात्यले अमेरिकी कांग्रेसमा युवा तथा बालबालिकाको हित तथा अमेरिकी संसद प्रतिनिधिसभा तथा अमेरिकन कांग्रेस समेत जिम्मेवारी पाई काम गरि सकेकी छिन ।

अमात्य काठमाडौँ सेन्ट मेरिज पढाइपछि नर्बेमा युनाईटेड वर्ल्ड कलेजमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै १२ सम्म छात्रवृतिमा अध्ययन गर्ने मौका पाएकी थिइन् । जसको माध्यमबाट उनले विश्वका सबै महादेश नेपालको प्रतिनिधित्व गर्ने अवसर पाइन् ।

अमात्य ग्लोबल च्याम्पियन फर वुमेन’स इकोनोमिक इम्पावर मेन्ट, सयुक्त राष्ट्र संघ महिला सशक्तिकरण, युनाईटेड नेसन्स युथ एन स्टुडेन्ट एसोसिएसन अफ नेपालकी अन्तर राष्ट्रिय निर्देशक, रिजोलुसन प्रोजेक्ट कि रिजोलुसन फेलो, ओक्लाहोमा राज्यको युएसए एट फ्रेन्ड्स नेपालकी(डब्लुपीपीसी)सद्भावना दुत लिङ्ग तथा सामाजिक विकास सल्लाहकार,नेपाल, शान्ति एज्नेट, बिशिस्ट ओलम्पिकको पूर्व परियोजना नेतृत्वमा समेत काम गरी सकेकी छिन् ।

अमेरिकाका पूर्व राष्ट्रपति क्लिन्टनद्वारा कन्चन अमात्य ” प्रेसिडेनसिएल अनर रोल अवार्ड २०१७ ” द्वारा सम्मानित भएकी थिइन् । साथै उनलाई २०१७ एभ्रीडे योङ्ग हिरो अवार्ड द्वारा पुरस्कृत गरिएको थियो भने उक्त पुरस्कार २५ बर्ष मुनिका १ सय जना मध्ये उनि परेकी थिइन् ।