नेपाललाई अन्तराष्ट्रिय रुपमा चिनाउने दुई दिदी-बहिनी जोली अमात्य र कन्चन अमात्य

[लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठको फेसबुकमा पोस्टिङ् गरिएको यो महत्वपूर्ण सामग्रीको सान्दर्भिकतालाई ध्यानमा राखेर हाम्रो पाठकको जानकारीको लागि प्रकाशित गरिएको छ – सं]

राष्ट्रसंघको इतिहासमै राष्ट्रसंघको युथ एसेम्बलीमा युवा अध्यक्ष पदमा नियुक्त हुने सबैभन्दा कनिष्ठ तथा पहिलो नेपाली मुलकी बनेर ईतिहास रचेकी छिन् जोली अमात्यले भने फोर्ब्स पत्रिकाको ३० बर्ष मुनिका उत्कृष्ट ३० को सूचीमा परेकी कन्चन अमात्य हाल महिलाको आर्थिक सशक्तिकरणको लागि युएन वुमेन ग्लोबल च्याम्पियनमा कार्यरत छिन् ।

रामकुमार श्रेष्ठ

राष्ट्रसंघको युथ एसेम्बलीमा नेपालको युवा प्रतिनिधिका रुपमा सन् २०१३ मा प्रवेश गरेकी जोली अमात्य सन् २०१५ मा युथ एसेम्बलीमा ‘को चेयर’ गर्दै लगनशिलता र कडा परिश्रमका कारण राष्ट्रसंघ युवा सम्मेलनकि युवा अध्यक्ष तहमा नै पुग्न सफल भइन् उनी । राष्ट्रसंघको इतिहासमै उक्त पदमा नियुक्त हुने सबैभन्दा कनिष्ठ तथा पहिलो नेपाली मुलकी बनेर ईतिहास रचेकी छिन् । न्यूयोर्कस्थित सयुक्त राष्ट्रसंघ प्रधान कार्यालयमा हुने अर्ध-वार्षिक युवा सम्मेलनले महत्वपूर्ण संवादलाई प्रोत्साहन गर्न र असाधारण युवाहरुको बीच साझेदारीको लागि एक अद्वितीय मंच प्रदान गर्दछ ।

न्यूयोर्कमा युएन वुमेन युएस राष्ट्रिय समितिको ३० औ वार्षिक उत्सवमा यूएन महिलाहरुको लागि युएन राष्ट्रिय समितिले जोलीलाई “च्यामपियन अफ चेन्ज” द्वारा सम्मानित गरेको छ ।

विगत सातबर्षदेखि अमेरिकामा पेशागत अनुभव हासिल गर्ने क्रममा उनले युएन वुमन लगायत राष्ट्रसंघका विभिन्न अंगहरु सहित विस्व बैंक, हेविट्याट फर ह्युमानिटी, एक्शन एड इन्टरनेशनल लगायतका संस्थामा काम गरिसकेकी छिन् । यो अवधिमा उनले नेपालका युवा र महिलाको अवस्थामा सुधारका क्षेत्रमा समेत काम गरेकी छिन् । जोली अमात्य नेपालकी एक युवा व्यवसायी हुन् ।

२६ फेब्रुअरी १९९० मा ललितपुरमा जन्मेकी जोली अमात्य जगदिशमान अमात्य र कृष्ण अमात्यकी जेठी छोरी हुन ।

जोलीले राष्ट्रसंघ युवा सम्मेलनको युवा अध्यक्षको हैसियतमा दिएकी मन्तब्यहरु अत्यन्तै प्रभाबकारी भएका कारण निकै चर्चित बन्न पुगेका छन । केही भिडियोहरु:

https://www.youtube.com/watch?v=dSF5AvBVx-A

नेपाली मूलकी चेली कन्चन अमात्य अमेरिकाको प्रतिष्ठित २०१९ राइस अवार्ड(पुरस्कार) द्वारा सम्मानित भएकी छिन् ।

अन्तर्राष्ट्रिय विकासमा नेतृत्व तथा नविन पद्धतिको भूमिका निर्वाह गरेवापत अमात्यलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

फोर्ब्स पत्रिकाको ३० बर्ष मुनिका उत्कृष्ट ३० को सूचीमा परेकी कन्चन अमात्य हाल महिलाको आर्थिक सशक्तिकरणको लागि युएन वुमेन ग्लोबल च्याम्पियनमा कार्यरत छिन् ।

पुरस्कार ग्रहण गर्ने क्रममा जसको अधिकार उल्लङ्घन गरिएको छ, जसको सम्मानलाई अस्वीकार गरिएको छ र जसको आवाजहरू सुनिदैन उनीहरुको लागि आफूले पुरस्कार लिएको बताइन् कन्चनले ।

अमात्यले अमेरिकी कांग्रेसमा युवा तथा बालबालिकाको हित तथा अमेरिकी संसद प्रतिनिधिसभा तथा अमेरिकन कांग्रेसमा समेत जिम्मेवारी पाइसकेकी छन् । उनी ब्रिटिश काउन्सिलका ग्लोबल चेन्जमेकर फेलो पनि हुन । अमेरिकी पूर्व रास्ट्रपति बिल क्लिन्टनबाट कन्चनले क्लिन्टन ग्लोबल इनिशियटिभ राष्ट्रपतीय सम्मान लगायत थुप्रै सम्मान प्राप्त गरिसकेकी छिन् ।

१९९६ मा जन्मेकी कान्छान जगदिशमान अमात्य र कृष्ण अमात्यकी कान्छी छोरी हुन ।

नेपालको छबी अन्तरराष्ट्रिय स्तरमा पुर्याउन महत्वपूर्ण योगदान दिने दिदी-बहिनी जोली अमात्य र कन्चन अमात्य दुबैलाई हार्दिक बधाई एबं उत्तरोत्तर प्रगतिको कामना !!!