गलबन्दी मात्र हैन प्रकास सपुतले दोहोरी ब्याटल पनि नारायण गोपालको गीत चोरेको आरोप हेर्नुहोस दुरुस्तै

काठमाडौं, ६ असार । प्रकाश सपुतको गलबन्दी हिट भएसंगै चोरीको आरोपले पनि बजारमा तहल्का पिटेको छ । सपुतको ‘गलबन्दी’ बोलको गीत वरिष्ठ गायक शम्भु राईको देउसी गीतबाट चोरी गरिएको आरोप लागेको छ । तर यो विषय सेलाउन नपाउदै सपुत कै अर्को हिट गित दोहोरी ब्याटल पनि चोरेर बनाएको आरोप लाग्न थालेको छ ।सपुतले दोहोरी ब्याटल अरु कसैको नभएर स्वर सम्राट नारायण गोपाल कै गित कपी गरेको आरोप लागेको छ । युवाहरुले निक्कै रुचाएका लोक दोहोरीको इतिहास मै पहिलो अनौठो अभ्यास थियो सपुतको लोक दोहोरी ब्याटल । गलबन्दी अगाडी यो गितले नै बजार तताएको थियो । तर यो गित पनि चोरी भएको आरोप लाग्न थालेपछि प्रकाश सपुतका फ्यानहरुलाई भने निराश बनाएको छ ।

भिडियो हेर्नुहोस ।

शम्भु राईले झैँ दोहोरी ब्याटल कपी भएको विषयमा कसैले दावी गर्न नआएपनि दर्शक श्रोताको माझबाट नै यो खुलासा भएको हो । तुम्खेवा मिड पोइन्ट नामक एक युट्युब च्यानलले भिडियो सार्बजनिक गर्दै नारायण गोपालको ‘बैनीको दया छ भने‘’ बोलको गित र प्रकाश सपुतको ‘ केटाहरु नबन सोझो‘’ बोलको लोक दोहोरी ब्याटल गित संगै राखेर देखाएको छ। जुन गितहरु एक पछी अर्को सुन्दा लगभग हुबहु लय मिल्न जान्छ । यस विषयमा भने प्रकाश सपुतले प्रतिक्रिया जनाएका छैनन् । तर गलबन्दी गित भने आफैले तयार पारेको र शम्भु राईको गितसंग संयोगवश केहि अंश मात्र मिल्न गएको बताउदै आएका छन । यता गायक तथा संगीतकार शम्भु राई भने यसरी नै गितको राम्रो अंश काट्दै आफ्नो गित हिट बनाउने हो भने कोहि पनि श्रस्ठा भोलीको दिनमा नरहने बताउदै आउनु भएको छ । चोरी गर्ने बानी पर्यो भने युवाहरु कोहि पनि सिर्जनशील नहुने राईको दावी छ । प्रकाश सपुतले गाएको दोहोरी ब्याटल र दशकौ पुरानो स्वर सम्राट नारायण गोपालको ‘बैनीको दयाँ छ भने’ गित तल सुन्नुहोस