पोखरा फेवातालको कन्त–बेजोग (भिडियो सहित)

जेठ ३०, पोखरा । फेवाताल पोखराको सम्पति र सम्पदा हो । पर्यटकहरु फेवातालमा रमाउन जान्छन् तर हामी तालमा पुग्दा भने अर्कै चिजहरु रमाईरहेका थिए । फेवातालका मुहान देखि ड्यामसम्म प्लाष्टिकका टुक्रा, टायर, तथा पानीमा तैरिनेजति सबै चिजहरु पानीको सतहमा घुमिरहेका थिए । पानीले तैराउन नसक्ने चिजहरु त पानी मुनी कित हो कति ।

फेवातालमा मनमोहक रुपमा छाँया देखिने माछापुच्छ्रेलाई लुकाउने गरी पानीका सतहमा तैरिएका फोहोरहरुले फेवातालको पहिचान नै बदलिदिएको छ । फेवाताल, फेवाताल भनएर ढल मिसाउने डम्पिङ साईड जस्तो देखियो त्यति मात्र होईन भैंसी आहाल खेल्ने पोखरी भयो फेवाताल । पोखराको सिरान देखि अन्त्य सम्म बग्ने फिर्केखोलाले पोखराका मुख्य सहरहरुबाट बगाएर फोहार मात्र पनि ल्याउँदैन, कसैको सास नै फुस्काएर लास ल्याएर फेवातालमा पु¥याउँछ त कसैले सेफ्टिी ट्यांकी फेवातालमा मिसिएको सजिलै देख्न सकिन्छ ।

अझ रोचक त के छ भने गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङको निवासबाट पनि फेवातालमा नहर मिसाईएको छ । फिर्के खोलामा मुख्य बजारहरुबाट मिसिने फोहोरहरुको अन्तिम गन्तव्य नै फेवाताल हो । त्यति मात्र होईन स्थानीयबासीले हामीले फोहोर गरेछैन भनेर चोखिन खोजेपनि लेकसाईड क्षेत्रको फोहोर फाल्ने अन्यन्त्र ठाउँ नै छैन ।
लेकसाईड क्षेत्रमा जाने मान्छे गोजी गरम नभई हुँदैन । त्यही गरम गोजीबाट खर्चिएका हजारौं रुपैयाँले व्यापारीहरु अरबपति भएका छन् । पोखराको सबैभन्दा कर संकलन पनि यसै क्षेत्रबाट भईरहेको छ । यतिमात्र होईन यही ताललाई देखाएर प्रदेशकै समृद्धिको सपना दिनदाहाडै बाडिन्छ तर फेवाताल हेर्ने नमिल्ने अवस्थामा भएको भने कसैले ख्याल गरेका छैनन ।
४० वर्ष देखि फेवा किनारमा बस्दै आएका स्थानीय भन्छन् फेवातालको पानी खान मिल्थ्यो अहिले छुन पनि घिन लाग्छ ।

फिर्केखोलाले बगाएर ल्याएको लास उनीहरुले आँखाले प्रत्यक्ष देखेको स्थानीयले भनाई छ । पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महानगरले फेवातालका लागि बजेट छुट्टयाएरै काम गरेको बताए ।

भगवानमा आस्था राख्नेहरुले तालबिचको मन्दिरमा जाने ईच्छा राखिरहेका हुन्छन् । तर यति पवित्र मन्दिर कति अपवित्र पानीमा अवस्थित छ भन्ने कुरा नांगो आँखाले नै देख्न सकिन्छ ।
तालमा खहरे, हल्लनचोक देखि ड्यामसाईडसम्म नहर, खोलाहरु खुलेआम रुपमा मिसिएका छन् । त्यसैमा मिसिएर त्यो भन्दा खुलेआम रुपमा फोहोरका डंगुरहरु मिसिएका छन् । तर फेवातालको स्वामित्वको विषयमा मरिहत्ते गर्ने विभिन्न तहका सरकारहरुले आँखा चिम्लेर फेवाताललाई विश्वास मात्र गरेका छन् तर यसको बास्तविकता बुझेका छैनन् या बुझी बुझी बुझ् पचाएका छन् । फेवातालको स्वामित्व ग्रहण गरिरहेको पोखरा महानगरपालिकाका कार्यकारी अधिकृत सेस नारायण पौडेलको भनाई छ ।