जुन गोठमा एउटा दाम्लोमा पशु र अर्कोमा मानिस बाँधिन्छ (दर्दनाक भिडियो सहित)।

प्रेम सुनार, गुल्मी। ढुङ्गाले छाएको घर अगाडि सामान्य टिनको छाप्रो छ । त्यही छाप्रो नै त्यस परिवारको पशुपालन गर्ने गोठ –भकारो हो । त्यस गोठको एउटा दाम्लोमा भैसी बाँधिएको छ । अरु चार वटा दाम्लोमा बाख्रा र छैठौं दाम्लोमा आफ्नो छोरा बाँधिएको छ ।

      यो गुल्मीको ईस्मा गाउँपालिका– ६ , अमरपुर वुल्म गाउँका खिमबहादुर कुमालको घर–गोठमा दैनिक देखिने दृश्य हो । एक भैसी, चार बाख्रा र एक छोरा सहित ६ वटा दाम्लामा बाँधिएका छन् । पाँच पशु र उनका एक २० बर्षिय छोरा गोकुल भन्ने थम्मन कुमाल ।झट्ट हेर्दा गोठमा बसेका ती युवालाई गाई भैसी गोठाल्याँई गर्न बसेका होलान् भन्ने लाग्छ । जसले गर्दा धेरैले वास्ता गर्दैनन । अलि नजिक गएर नियाल्दा उनि पशु र्झैं त्यस गोठमा बधुवा छन् । फरक यति छ पशुहरुको गलामा दाम्लो बाँधिएको छ उनको खुट्टामा ।

भिडियोमा हेर्नुहोस ।