बिष्णु माझी र पवन ओलीले गाएको ‘माछी बस्यो’२४ घण्टामै युटुबमा भाइरल

नेपाली लोक संगीत क्षेत्रमा बिगत लामो समय देखि आफुलाई क्रियासिल कलाकारको रुपमा लिदै आएका हाल अमेरिका बस्दै आउनु भएका चर्चित गायक तथा सर्जक पवन ओलीको उत्कृष्ट लोकदोहोरी गीत ‘माछी बस्यो’बजारमा आएको छ।पवन ओलीको लागि यो बर्षौ पछिको ड्रिम प्रोजेक्टको रुपमा हेर्न सकिन्छ।

लोकप्रिय गायिका बिष्णु माझी र पवन ओलीको सुमधुर आवाज रहेको गीतमा पवन ओलीकै लय तथा शब्द सृजना रहेको छ।पछिल्लो समय नेपाली लोक संगीत क्षेत्रमा निकै चर्चामा रहेका चर्चित निर्देशक प्रकाश भट्टको निर्देशन र राजेश घिमिरेको छायांकन रहेको भिडियोको सम्पादन भने बिष्णु शर्माले गरेका हुन्।गीत पवन ओलीको आफ्नै युटुब च्यानल मार्फत बजारमा आएको छ।पवन ओली एक कुसल गीतकार तथा संगीतकार मात्रै नभएर समाजसेवी समेत हुन्।भिडियोमा रबिन्द्र प्रताप सेन र श्रीष्टि खड्काको रहेको छ।

उनि अमेरिकामा बसिरहदा पनि नेपाली माटोलाई सम्झिदै आफ्नो सृजनाबाट निरन्तरता दिदै आएका छन।गीतको सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछौ।भीडीयो हेरौ :