पोखरा बिमानस्थलमा अल्ट्रालाईट हेर्दा–हेर्दै यसरी पल्टियो, प्रत्यक्षदर्शी यसो भन्छन् (भिडियो)

पोखरा पर्यटकीय राजधानी, जहाँ पर्यटकहरु भुलाउने धेरै बस्तुहरु छन् । पोखरा आउने पर्यटकहरुको रोजाईमा पर्ने मध्ये अल्ट्रालाईट पनि एक हो । अल्ट्रा फ्लाईटको माध्यमबाट पोखरा र आसपासको दृश्यावलोकन गर्नको लागी पर्यटकहरुको रुची रहन्छ । पोखरा बिमानस्थलबाट सुरु हुने उक्त सेवा पछिल्लो समय लोकप्रिय पनि बन्दै आएको छ ।
यही मंगलबार पोखरा बिमानस्थलमा अल्ट्रालाईट दुर्घटना भयो । ल्याण्ड गर्ने क्रममा धावनमार्गबाट चिप्लियर चौरतर्फ जाँदा दुर्घटना भएको हो । प्रत्यक्षदर्शीका अनुसार अल्ट्रालाईटको गति तिब्र भएको र अनियन्त्रित भएकाले उक्त घटना भएको हो ।
अल्ट्रालाईटमा पाईटल फ्रेन्च नागरिक क्याप्टन एरिक र पर्यटक अनिश भट्टचन सवार थिए । दुर्घटनामा परेका पाईटल र पर्यटक सकुशल रहेको र जाईरोकोप्टरमा क्षति पुगेको छ ।