अर्काकी बुढी जिस्काउँदा बिबाहमै जन्ति र केटीपक्ष झडप, दुल्हाको दाई कै निधन (स्थलगत )

यही बैशाख १८ गते अञ्जली कुमालको बिहे सम्पन्न हुँदै थियो । लमजुङको राईनास नगरपालिका ४ बाट गोरखाको पालुङ्टार नगरपालिका ४ कुमाल गाउँमा जन्ति आएका थिए । गोरखाकी अञ्जलीको बिहेका लागी आएका एक गाडी जन्तिहरु बिहेमा रमाईलो गरे, आमा जानुका कुमालले छोरी अन्माएर पठाईन् । छोरी अन्माउदा जन्तीसंगै आएको बस घर आगनमा आएन, उनीहरुले करिब १०० मिटर टाढासम्म छोरी बोकेर बसमा छोडेर घर आए । दुलही लिएर बस हिड्यो तर दुलही घरको करिब २०० मिटरमा बस रोकियो स्थानीय युवा र जन्तीका युवाहरु बिच झगडा भयो, स्थानीयको कुटाईबाट दुल्हाका दाजुको निधन भयो । घटनामा संलग्न भएको आरोपमा १२ पुरुष र ४ महिलालाई गोर्खा प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिहेको छ । दिउँसो बसका चालकले नजिकैको रेष्टुरेन्टमा गएर रक्सी खाएको र साहुनीलाई जिस्काएको कारण उनका श्रीमान्ले उक्त घटना घटाएको स्थानीयको आरोप थियो । हेरौं यो स्थलगत रिपोर्ट