प्रेम गीत ३ मा नायिका बन्न चाहनेलाई खुल्यो अडिसन

अन्तत ‘प्रेम गीत-३’टिमले नव नायिकाको खोजि गर्ने भएको छ।फरक स्वादको चलचित्र बनाउदै आएको निर्माता सन्तोष सेन आफै निर्देशक समेत रहेको उक्त चलचित्रको लागि नायिकाको अडिसन खुलेको छ।उत्कृष्ट प्रतिभाको खोजि भन्ने नारा सहित उक्त अडिसन खुल्ला गरिएको छ।केहि समय देखि चलचित्रको बारेमा बिभिन्न गसिप बन्दै आयो नायिकाको बिषयमा भने चलचित्र टिमले कुनै निर्णय गरेको थिएन।

सन्तोष सेनले आफ्नो सामाजिक संजालमा लेखेका छन :“प्रेम गीत ३ को लागी उत्कृष्ट प्रतिभा को खोजी”
चलचित्र प्रेमी महानुभाव ज्युहरु,
यसअघि थिम पोस्टर सार्वजनिक गर्दै चलचित्रको रिलिज मिति तपाईहरुमार्फत दर्शकहरुलाई जानकारी गराएका थियौं, अहिले हामी समाजमा रहेको प्रतिभा खोजीको अर्को विषयको साथ तपाइहरुको सहयोग लिएर दर्शकहरुलाई जानकारी दिन गैरहेका छौं । आशा छ, हिजोका दिनमा जस्तै आज र आगामी दिनमा पनि तपाइहरुको महत्वपुर्ण सहयोग रहनेछ ।
विषय ः मुख्य अभिनेत्रीको अडिसन आह्वान
चैत २८ गते प्रदर्शन हुने चलचित्र ‘प्रेम गीत ३’ को मुख्य अभिनेत्रीका लागी हामीले अडिसनबाटै एकजना राम्रो अभिनेत्री चलचित्र उद्योगमा प्रबेश गराउने सोंच राखेका छौं । सोहि अनुसार हामीले आधिकारिक रुपमा एकजना अभिनेत्रीको लागी अडिसन आह्वान गरेका छौं ।
आवेदन कसरी दिने ?
आसुसेन फिल्मको ब्यानरवाट निर्माण हुने यो चलचित्रका लागी इच्छुकहरुले संसारभरबाट अडिसनमा सहभागी हुन सक्नेछन् । उहाँहरुले www.aasusenfilms.com मा गएर फारम भर्न सक्नुहुनेछ अथवा आसुसेनको ईमेल : filmsaasusen@gmail.com मा पनि सम्पर्क गर्न सक्नेछन् ।
सर्तहरु
हालै खिचेका ४ वटा स्पष्ट अनुहार देखिने तस्विरसहित उहाँहरुले आफ्नो बायोडाटा पठाउनुपर्नेछ । अभिनेत्री बन्न चाहनेहरुको उचाई ५.२ देखी ५.७ सम्म हुनुपर्नेछ । १८ बर्षभन्दा माथि र २५ बर्ष नपुगेको हुनुपर्नेछ ।
कसरी छानिनेछ अभिनेत्री ?
आवेदन आइएसकेकाहरुमध्ये २० जना फाइनल अडिसनका लागी छान्नेछौं । उहाँहरुमध्येबाट एकजना मुख्य अभिनेत्री छनौट गर्नेछौं ।
कहिलेसम्म सम्पर्क गर्ने ?
इच्छुकहरुले आगामी जेठ १० सम्म सम्पर्क गरिसक्नुपर्नेछ ।
अनुरोध
चलचित्र प्रेम गीत ३ आसुसेन फिल्मको ब्यानरमा निर्माण हुन गैरहेको पाँचौं प्रोजेक्ट हो । यो चलचित्रको मुख्य अभिनेत्री हुन चाहनेहरुले हाम्रो आधिकारीक ठेगानामै सम्पर्क गर्नुहोला ।
थप जानकारी
हामी झण्डैं १ बर्षदेखी स्क्रिप्टको काममा छौं र अबको २ हप्ताभित्रै स्क्रिप्टको काम सकेपछि कलाकार छनौट सक्नेछौं । मुख्य कलाकार छान्ने काम सकिएपछि हामीले आधिकारिक रुपमा चलचित्र निर्माणको घोषणा गरी चलचित्रका विभिन्न बिषयमा जानकारी गराउनेछौं ।
“यो जानकारी सरोकार राख्नेको मा पुर्याउन सेयर तथा मेनसन गरिदीनुस होला”

निर्माता सन्तोष सेन
निर्माता
आसुसेन फिल्म प्रोडेक्सन
सेनले खोजेको जस्तै नायिका प्राप्त होस् शुभकामना छ।