रैति भएर बाच्ने कि नागरिक ?

महेश भट्टराई, अमेरिका 

परिबर्तनको नाममा हामीहरूले गरेका सघर्ष र उपलब्धीको सत्यतथ्य लेखाजोखा गर्न आबस्यक छ । जब सम्म निष्पक्ष्य रूपले यसलाई समिक्षा गरिदैन तब सम्म हामीहरूले गर्ने आन्दोलन र संघर्षको नतिजा एउटा चोर फटाहा बाट चांदीको थाल खोसेर अर्को अझै धुर्त डांका लाई बुझाउनु हुनेछ ।

हिज संबिधान र ब्यबस्था परिबर्तनको नाममा हाम्रा उपलब्धी भन्दै सडकमा खुशी हुदै जयजयकारको नारा लगायौ ।

हिज गाऊको झुपडीमा बस्ने गरिब बाबुको स्थिती जे थियो आज ३० बर्ष पछि पनि स्थिती त्यहि नै छ । र यस्तै हो भने छोरा र नातीको स्थिती समेत यहि नै रहने छ। रोजगारीको लागि बिदेश र बन्द बाकस ! के यहि हो परिबर्तन ?

हो हिज राजनितीमा लाग्नै सबै पार्टिका नेताहरूको स्थिती भने पक्कै परिबर्तन भएको छ ।यहि ऐना वा घाम झै छर्लंग भएको परिबर्तन लाई परिबर्तन मान्नु हुन्छ भने के भनौ !

पैसामा खरिद बिक्रि हुन्छ हरेक पदहरू – खसि र बोकाको भाऊ लगाए जस्तै । मानिसहरू सबै जसो बिकाऊमा छन । रत्नपार्कको सडकमा राखिएका बस्तुहरू जस्तै । मात्र ठिऊ मोल लगाउन सक्नु पर्छ ।
आज बालुवाटार बेचे र टुडिखेल बेचे, दैनिक जनताहरू लाई खाडीमा बेचिरहेछन ।आफुहरूले राज गर्न कै लागि राजनिती खराब हो भन्छन । बडा अध्यक्ष्य देखि प्रम र राष्ट्रपति सम्म दैनिक बिदेश भ्रमणमा जान्छन र जनताको कर र रेमेट्यान्स रकममा मोज गर्छन !

एक पछि अर्को कान्ड हुन्छ, समिती गठन हन्छ, सबै सेलाउछ। खान्छन, खुवाउछन, बोल्नेहरूतो मुखमा पैसा कोचि दिन्छन । सरकार प्रतिपक्ष सबै मिलीजुली तै चुप मै चुप ।

राजा फालै झनै महंगो राष्ट्रपती र हरेक प्रदेशमा छोटे राजा लायौ । त्यो पनि पार्टीले टिका लगाएर राख्ने नमुना पद । योग्यता के, काम कर्तब्य के ? के काम छ यो पदको ? म त औचित्य नै देख्दिन ।

प्रधानमन्त्री पनि पार्टिले टिका लगाउने पद । करौडौ रकमको चलखेल । न त कुनै योग्यता,अनुभव न त कसैको डर कर, मनोमानी पद ।
मेरो बिचारमा जब सम्म प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री हुदैन तब सम्म ऊ जनता समक्ष उत्तरदायी हुन सक्दैन । जुन कुरा संबिधान मै परिबर्तन गर्न जरूरि छ ।

नत्र अहिले कै ठुला कहिलिएका कांग्रेस र कम्युनिष्ट भन्ने पार्टिहरू निचोरेर हाम्रो त के कुरा नातीहरूको पाला सम्म आलो पालो राज गरि रहनेछन ।
यी पार्टिहरू योग्यता र क्षमता बिदेशीले लेखेको संबिधान र खिलराजले गरि दिएको चुनाबले देखाई सकेको छ ।
हिजको टेबलफोन चलाउनेहरू हरेक बर्ष अपडेट भै रहने स्मार्टफोन र एप्सहरू चलाउन अयोग्य छन । बिकाशको ए बि सम्म नजान्ने र नबुझ्नेहरूले बिकाश गफ र भाषण गरेको सुहाउदैन ।

भगभगे,उखाने, माने ….. जो सुकै आउन पार्टि वा प्र म को पद वा सरकार बदलिदैमा केहि हुनेवाला छैन । किनकी यी सबै पार्टीहरू फरक फरक नाममा खाने बेलामा एक भै मिलीजुली खाने स्यालहरू हुन । जुन कुरा बिगत निर्बाचनमा मिलिजुली चुनाब र खरिद बिक्री बाट आफैले प्रमाणित गरि सकेका छन ।नेपालका सबै पार्टीहरू एकै हुन ।

आज ब्यबस्थापिकाका शांसदहरू, कार्यपालिकाका मन्त्रीहरू, न्यायापालिकाका न्यायाधिशहरू सबै रत्नपार्कमा दशैमा राखिएका खशी बोका जस्तै बिक्रीमा छन ।सर्बोच अदालतको न्यायाधिस, संम्पत्ति सुद्दिकरण, भ्रष्टाचार तथा अख्तियार प्रमुख, प्रहरी प्रमुख नै पार्टिका नियुक्ति र पार्टि कै हनुमान भए पछि कसरि कानुनी कारबाहि हुन्छ ?
बस सहि भाऊ लाउनु पर्छ बिचौलिया द्दारा ! बिकाऊ छन सबै जसो ।

एउटा आफ्नै पार्टि , कार्यकर्ता र महाधिवेशन त राम्रो संग मिलाएर संचालन गर्न नसक्ने कांग्रेस र कम्युनिष्टहरूले देश चलाउन सक्दै सक्दैनन । जुन कुरा आफैले पटक पटक प्रमाणित गरि सकेका छन । अन्य पार्टिहरू च्याखे, धुपौरे, अबशरबादी हरू हुन जसलाई १/२ पद लौ खा भने सि मन्टो लुकाएर जयजयकार गरि हिड्छन ।

सरकार र पदमा मानिस परिबर्तन त गरौला तर उक्त पदमा आउने मानिस चरित्र, नैतिकता, अनुभव र इमान्दारिता नभए पछि केहि हुनेवाला छैन । टाउको नै ठिक नभए पछि अन्य अंगहरूको के आश गर्नु ।

जब सम्म राम्रो र असल नियत भएको स्वतन्त्र असल मानिस प्रधानमन्त्री हुन सक्दैन तब सम्म देश बिकाश हुन सक्दैन । जुन संबिधान संशोधनबाट मात्र संभव छ ।

नत्र यी पार्टि र नेताहरूले जिवनभर जनताहरू लाई जनाबर जस्तै बाधेर खरिद बिक्रि गरेर राख्नेछन ।

जनतालाई निशुल्क पाउनु पर्ने शिक्षा र स्बास्थ्यमा समेत ब्यापारिकरण र माफियाकरण गर्नेहरूले आफ्नो खुट्टामा बन्चरो कसरि हान्लान ?

भ्रष्टाचार बिरोधी अभियान्ता, नागरिक समाज र बुद्दिजीबीहरू मिलेर एक समुह गठन गरि २०१७ साल यताको सबै राजनैतिक, कर्मचारी र ब्यापारी र धनाढ्ययहरू संपत्ति छानविन गर्ने र अकुच संप्पत्ती राष्ट्रियकरण गर्ने ।अनि केहि बर्षको लागि सैनिस शासन लगाएर सबैलाई जेल कोच्नै र शान्त भए पछि पुन निर्बाचन गर्ने ।

शैनिक शासन संग जनता डराउनु हुदैन । डर त राजनैतिक पार्टि र नेताहरू लाई लाग्नु पर्छ । किताव पढेको शैनिक शासन र बिश्व परिवेश भन्दा नेपाली सेनाको इतिहास र छवि फरक छ । हो केहि भ्रष्टाचारीहरू सेना भित्र पनि छन । तर भ्रष्ट नेताहरू ठिक पार्ने यो नै एक नमिठो अन्तिम बिकल्प हो । असहमत हुनेहरू मित्रहरू नत्र कसले र कसरि कारबाहि गर्ने कानुन मिचाहा यी छाडा रांगा, स्याल र व्वांसाहरू लाई ? के बिकल्प छ ? पोखरी नै बिषले भरिए पछि २-४ गिलास पानी होइन पोखरी नै सफा गर्नै पर्छ ।

के बिप्लव समुहले गेटहरूमा पढ्काउने दुईचार बम वा एम्बुस वा नेपाल बन्दले यत्रो ठुलो अराजकतालाई समाधान गर्न सक्ला ? यिनहरू लाई टुडिखेलमा लगि उल्टो पारेर जलाउनु पर्ने तर टुडिखेल नै पो बेचेर खाई सके ! अख्तियार देखि न्यायालयसम्म न्याय र कारबाहिको बाटो सबै सबै बन्द भै सक्यो ! गर्ने के ?

नत्र यो देशमा केहि हुने वाला छैन । प्रजातन्त्र, समाजबाद, साम्यबाद, गणतन्त्र भन्दै दैनिक मुख फेर्दै नारा लगाउने पार्टि र नेताहरूले जनता लाई रैति बनाएर शासन गरिरहेका छन र अनन्त काल सम्म गरिरहने छन।

अल्पकालिन होइन, दिर्घकालीन समाधान खोज्न जरूरि छ!

रैति भएर बाच्ने कि नागरिक ?