बदेलको पासोमा मान्छेको मृत्यु, कर्तुत लुकाउन जंगलमा लगेर गाडे । ९ दिन पछि शव खाडलबाट निकालियो (भिडियो सहित)

बुटवल,
तिलोत्तमा नगरपालिकाका एक युवाको बदेल मार्न थापेको विद्युतिय धरापमा परि मृत्यु भएको छ । विगत १० दिनदेखि वेपत्ता भएको भनिएका रुपन्देहीको तिलोत्तमा नगरपालिकाका ११ गणेशनगर स्थित भुपु सैनिक टोलका ४० वर्षिय मिन बहादुर गौतमको बंदेल मार्न थापेको विद्युतिय धरापमा परी मृत्यु भएको हो ।

सोही वडाकै केही युवाहरुले बदेल मार्न बैशाख १ गते राती खोला किनारमा विद्युतिय धराप थापेका थिए । सोही धरापमा परेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । बैशाख २ गते बेदल र एक युवा धरापमा परेपछि ५÷६ जनाको समुहमा गएका उनीहरुले सोही दिन विहान बोरामा राखेर शव लुकाएको र राती देवदह ९ स्थित जंगलमा लगेर गाडेको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीले जंगलमा लगेर गाडेको शव १० दिन पछि बुधबार उत्खनन् गरेर निकालेको हो ।

हेर्नुहोस भिडियोमा ।