स्कटल्याण्डको डन्फर्मलाईन फाईफमा नयाँ वर्ष २०७६ सालको अवसरमा साङ्गितिक कार्यक्रम भब्यतका साथ सम्पन्न।

डमफरलैण्ड फाईफ, स्कटल्याण्ड

नेपालीहरूको नयाँ वर्ष २०७६/१०१९ को अवसरमा स्कटल्याण्डको डन्फर्मलाईनमा फाईफ नेपाली कम्युनिटि द्वारा नयाँ वर्ष २०१९ साङ्गितिक कार्यक्रम भव्य धमाका का साथ सम्पन्न भएको छ। उक्त कार्यक्रम फाईफ स्थित आशिक रेस्टुरेन्टमा आयोजित कार्यक्रममा स्थानीय, नेपाली तथा अन्य समुदायका आगन्तुकहरुको सहभागिता रहेको थियो ।कार्यक्रम गर्नुको मुख्य उद्देश्य स्थानीय समुदायसँग सामिप्यता एवं आपसमा सकारात्मक दृष्टिकोण अभिवृद्धि र वर्तमान परिवेशमा स्थानीय कम्युनिटीसंग सुमधुर सम्बन्ध अगाडि बढाउन रहेको कुरा यस सस्थाका अध्यक्ष राम वागले बताउँछन्। यस कर्यक्रम को सम्योजक राम वागले ले गर्नुभएको थियो भने संस्थाका सम्पूर्ण पदाधिकारीहरूको उल्लेखनीय योगदान रहेको थियो। उक्त कार्यक्रममा स्कटल्याण्डका विभिन्न शहर देखि नेपाली र स्थानीय संघ संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो। कर्यक्रमको पहिलो चरन आयोजक द्वारा अतिथि तथा आगन्तुक हरु लाई स्वागत सम्मान सर्मिलि लामा द्वारा गरेका थिए। कर्यक्रममा ग्लासगो नेपाली एसोसिएसनका अध्यक्ष छबिलाल अर्याल, नेपाल स्कटलैण्ड एसोसिएसन का अध्यक्ष बिजय डंगोल, दियो क्लव युकेका अध्यक्ष कृष्ण देवकोटा, जीएस आर्टस् एण्ड कल्चरका अध्यक्ष गोविन्द देवकोटा प्रमुख अतिथिको आसन ग्रहण गराइएको थियो र आफ्नो सानो मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रम संचालन सुमि भण्डारी द्वारा गरेका थिए। कार्यक्रमको सुरुमा मिठो कबिता सुमि भण्डारीबाट प्रस्तुत गरेका थिए भने क्रमस: स्कटल्याण्डका कलाकारहरू दिया खत्री, दिप्ती खत्री, आस्मिन कडेल, हिमान्सि भण्डारी, ईश्वर, निशा, पुष्पा, सन्देश, अर्जुन, अञ्जली, ईशान, सुनिता, मनिशा, श्रीश्ति, रक्क्षा द्वारा अति सुन्दर नृत्य प्रस्तुतिले सम्पूर्ण दर्शक हरू खुसिले उर्लेका थिए। साथै डीजे कृष्ण जिसीका डीजेनाइटले कार्यक्रम अझ रोमान्चक बनाएको थियो।आयोजनामा आउनुभएको सम्पूण स्कटल्याण्डवासी द्वारा कार्यक्रम अत्यन्त भव्य तथा सभ्य रुपमा सफल भएको प्रतिक्रिया व्यक्त गरेका छन्। प्रवासमा नेपालीहरुले यति धेरै राम्रो कार्यक्रम गरिनुले आफूहरुलाई अत्यन्त खुशी लागेको जानकारी पनि दिएका छन् भने नेपाल खानाको प्रसँसा र खाना उपलब्ध गराउने रेस्टुरेन्टलाई धन्यवाद दिएका थिए। यसरी स्कटल्याण्डमा रहेका नेपालीद्वारा आफ्नो परम्परागत लोक नेपाली सँस्कृतिको जगेर्ना गर्न अगाडि बढेकोमा सम्पूर्ण नेपाली समुदाय गौराम्बित भएको छ।