पथरी कान्ड- प्रहरीले ३ राउन्ड गोली र असुल ग्यास हानेपछि स्थानीय घाइते , मच्चियो पथरीमा यस्तो हंगामा (भिडियो सहित)

झापा। ईलाका प्रहरी कार्यलय पथरी घेराऊ गर्न गएको स्थानीयको भिडलाई तितरबितर पार्न प्रहरीले मंगलबार मध्यान्ह २ राउण्ड हवाई फायर गरेपछि भाग्ने क्रममा एकजना घाईते भएका छन । नगरपालिका तालाबन्दी र घेराउपछि ईलाका प्रहरी कार्यलय अघि रिनाको हत्यारा सार्बजनिक गर्न माग गर्दै नाराबाजी गर्ने क्रममा पथरी १ का जितबहादुर लावती घाईते भएका छन ।

उनले पछाडीबाट प्रहरीले ढुंगाले हानेको बताएका छन । स्थानीय क्लिनिकमा उपचार गराईरहेका उनको टाउकोमा ३ वटा टाँका लगाईएका्े छ ।
शनिबारदेखि अशान्त बनेको पथरीशनिश्चरेका स्थानीय आन्दोलित भएका छन । बजार सहित पुर्बपश्चिम राजमार्ग बन्द गरेर स्थानीय आन्दोलित बनेपछि प्रहरीले ज्यादती गरेको भन्दै नगरपालिका तोडफोड गरेका छन ।तल भिडियोमा जस्ताको तस्तै हेर्नुहोला ।