मस्तिष्क पक्षघात सम्बन्धि जनचेतना मुलक गीत सार्बजनिक (भिडियो सहित)

बुधबार राजधानीमा मस्तिष्क पक्षघात सम्बन्धि जनचेतना मुलक गीत “नभन मेरो भाग्य “को बिमोचन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीले एक कार्यक्रमको बिच गीतको बिमोचन गर्नु भएको हो ।

मस्तिष्क पक्षघात समाज कि अध्यक्ष उर्मिला श्रेष्ठको सभापतित्वमा सुरु भएको कार्यक्रममा काठमाडौं महानगरपालिका का उप मेयर हरि प्रभा खड्गि श्रेष्ठ ,अभिनेता सरोज खनाल लगायत अतिथिका का रूपमा उपस्थित थिए । कार्यक्रम संयोजन बुनु श्रेष्ठले गरेका हुन् ।

कार्यक्रममा प्रमुख अतिथि परराष्ट्रमन्त्री ज्ञवाली ले मस्तिष्क पक्षघात कुनै पूर्व जन्म को पाप वा गल्ती नभै मानवलाई आइपर्ने आकस्मिक अनपेक्षित घटना भएको र यो समस्या लाई हामी सबै मिलेर समाधान गर्नु पर्ने उल्लेख गरे । उहाले सरकार ले मस्तिष्क पक्षघात पीडित का लागि सहयोग गर्न सदा तयार रहेको प्रतिबद्धता पनि व्यक्त गरे । कार्यक्रममा अभिनेता सरोज खनाल सन्देशमुलक गीत मा अभिनय गर्न पाएको मा खुशी व्यक्त गर्दै सस्था को उन्नति तथा प्रगति को कामना गरे ।

काठमाडौं महानगरपालिका का उप मेयर हरि प्रभा खड्गी श्रेष्ठले स्थानीय निकाय को अधिकार ले भ्याएसम्म मस्तिष्क पक्षघात पीडित लाई सहयोग गर्ने बताए । गायक शिव परियारले सस्था लाई नगद रू १०००१ सहयोग गरेका छन् । समाजसेवी नरेन्द्र बहादुर श्रेष्ठले नगद रु २१००० सहयोग गरेका थिए । सस्था का अध्यक्ष उर्मिला श्रेष्ठले सबै को सहयोग को अपेक्षा गर्दै सबै सङ्ग हातेमालो गर्दै मस्तिष्क पक्षघात पीडित को लागी सदा निस्वार्थ भावना ले काम गर्ने बताए ।

अहिलेका चर्चित गायक शिव परियार को स्वर तथा नरेश कुमार प्रधान को शब्द रहेको सार्वजनिक गीतमा रिदम कडेलको संगीत तथा एरेन्ज रहेको छ । गीतको रेकर्डिस्ट महेश्वरमान राज भण्डारी रहेका छन् भने गीतलाई साउन्ड मिल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।गीतमा अभिनेता सरोज खनाल ,सुर्य माला खनाल तथा बाल कलाकार श्रीवानी थापा र रुपेश लामाले अभिनय गरेका छन।

गीतको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् ।बुद्ध थापाले छायांकन गरेको यस गीतलाई बिकाश धमलाले सम्पादन गरेका हुन् ।
गीतलाई साउन्ड मिलको अफिसियल युट्युब मार्फत सार्वजनिक गरिएको छ ।