विप्लव समूह द्वारा चैत्र १६ मा आव्हान नेपाल बन्द फिर्ता

विप्लव नेतृत्वको नेकपाले चैत्र १६ गतेका लागि आव्हान गरेको नेपाल बन्द फिर्ता लिएको छ ।
सरकारले विप्लव समूह माथि प्रतिवन्ध लगाई नेता कार्यकर्तालाई तीब्र रुपमा पक्राउ गर्न थालेपछि त्यसैको बिरोधमा नेकपाले बन्दको आव्हान गरेको थियो । प्रवेशिका परीक्षालाई असर परेको भन्दै सो समूहले बन्द फिर्ता लिएको घोषणा गरेको हो ।
एसईई परीक्षा परेको जानकारी पाएपछि बन्द फिर्ता गरिएको बिज्ञप्तीमा समेत उल्लेख गरिएको छ ।
राष्ट्रिय मानवअधिकार आयोगले विज्ञप्ति जारी गरी एसईईको समयमा बन्द हड्तालको कार्यक्रम नगर्न विप्लव समूहलाई आग्रह गरेको थियो |