हाम्रो सुर सरगम समुह धरानको आयोजनामा बृहत सांगीतिक कार्यक्रम हुने

रोशन पोखरेल,

धरान ।हाम्रो सुर सरगम समुह धरानको आयोजनामा आगामी चैत्र २३ गते हाम्रो सुर सरगम सांगीतिक कार्यक्रम २०७५ को समुदघाटन तथा पुरस्कार वितहरण बृहत सास्कृतिक कार्यक्रम धरानमा हुने भएको छ ।
कार्यक्रम धरान स्थित धरान सभागृहमा विभिन्न राष्ट्रिय तथा स्थानिय कलाकारहरुको साथमा सास्कृतिक कार्यक्रमको उदधाटन सो समुहका बर्तमान अध्यक्ष चन्द्र सोताङ राईले गर्नुहुने भएको छ।

बरिष्ट राष्ट्रिय गायक कुशल थलङ्ग लिम्बू , हाँस्य कलाकार उमेश राई फुलन्देकी आमा , बरिष्ट संगीतकार ओम प्रकाश राई , गायक महेन्द्र राई , गायिका दिपा तामाङका साथमा स्थानिय कलाकारहरुको समेत विभिन्न प्रस्तुती रहने कार्यक्रम संयोजक रमेश राईले बताउनुभयो ।

इन्टरनेटको माध्यमबाट कलाकारितामा आउन चाहने लाई एकजुट बनाउदै आएको सो समुहले आयोजना गरेको प्रतिस्प्रधात्मक गायक प्रतियोगीतामा प्रथम हुनु भएका तार मिट लेप्चा , दोश्रो स्थान हासिल गर्नुभएका विनोद राज तिवारी , फस्ट रनर अप सागर तामाङ , दोश्रो रनर अप प्रेम लामालाई सो कार्यक्रममा सम्मान गरिने कार्यक्रम रहेको अध्यक्ष चन्द्र सोताङ राईले जानकारी दिनुभयो ।