”लालीगुँरास फुले सरी जब तिमि मुस्कुराउँछ्यौ” पाँच बर्षिय बालिकाले ल्याइन् नयाँ म्युजिक भिडीयो

भर्जीनिया,

संयुक्त राज्य अमेरीका । लालीगुँरास फुले सरी जब तिमि मुस्कुराउँछ्यौ, सत्य मेरो धडकन भुतुक्कै पो बनाउँछ- बोलको गीतका शव्दहरु जस्तै पाँच बर्षिय बाल कलाकार सृष्टि आर्चायको अभिनय पनि सुन्दर रहेको छन् । सृष्टि संयुक्त राज्य अमेरिकाको भर्जिनिया राज्यमा बाबु आमासँग बसोबास गर्दै आएकी छिन् ।

सामाजिक संजालहरूमा निकै नै लोकप्रिय अनि भाइरल बनेकी यी सुन्दर पाँच बर्षिय नानीले विभिन्न नेपाली म्यूजिक भिडियोहरूमा अभिनय गरि सकेकी छिन्।सुनितामी परियार र अस्मिता ढकालको स्वर रहेको यस गीतमा झलक स‌ंगीतमले सं‌गीत दिएका छन् भने गीतकार सुबिसुधाको शब्द तथा रचना रहेको चाँदनीमा नुहाएर बोलको गीतको निर्देशन हेम प्रभाषले गरेका हुन् । यस गीतको सम्पुर्ण छायाँकन अमेरिकामै गरिएको छ ।

यस गीतमा सृष्टिको जीवन्त अभिनय त छदैँ छ साथमा दिपा थापा र सुबिसुधाको पनि अभिनय देख्न सकिन्छ । आलाप रेकर्डिङ्ग स्टुडियोमा रेक‍र्ड गरिएको गीतलाई वरिष्ठ फोटोग्राफर राजिव श्रेष्ठले खिचेका हुन् भने एकान्त मगरले सम्पादन गरेका हुन् । यस गीतको प्रोड्क्सन म्यानेजर भने केशव आचार्य हुन् । Shristi Kids TV नामक युब्ट्युब र फेसबुक पेजमा समेत सृष्टिको हजारौ फ्लोअर रहेका छन् । सृष्टि अमेरिकामा बसोबास गर्ने गीतकार सुबिसुधा आचार्यकी छोरी हुन् । गीतकार सुबिसुधाका अधिकांश गीतहरूमा सृष्टिले नै अभिनय गर्ने योजना रहेको पारिवारिक श्रोतले जानकारी दिएको छ।

हेर्नुहोस भिडियो :