भुवन केसीसंगको राजेन्द्र खड्गीको डिङ्गो जुत्ता काण्ड

सदावहार अभिनेताको उपमा पाएका अभिनेता भुवन केसी फेसन गर्न निकै सिपालु छन्। उनको फेसन सेन्स र डिङ्गो जुत्ताका विभिन्न किस्साहरु बेलाबखतमा बाहिरिरहन्छन्। यसै मेसोमा उनले सञ्जय दत्तलाई जिन्सको पाइन्ट उपहार दिएको भन्ने किस्सा निकै चर्चित पनि छन्। उनको फेसन सेन्सबाट धेरैजना प्रभावित भएको पाइन्छ। जसमध्येमा चर्चित द्वन्द निर्देशक राजेन्द्र खड्गी पनि हुन्।

उनी भन्छन्, ‘बुढाले दाम्मी दाम्मी डिङ्गो जुत्ता लगाउने। मनमनै म पनि सोच्थेँ एक दिन यस्तै दाम्मी जुत्ता किन्छु भनेर। त्यही भएर मैले ४३ साल तिर होला ७ सयको जुत्ता आफैले डिजाइन गरेर डिङ्गो लगाको छु।पछि त्यो जुत्ता लाएर मैले ‘खोज’ भन्ने सिनेमामा नसुद्धिरिन शाहसंगको एउटा फाइटमा लगाएको छु।’

कुरा हो ४२ वा ४३ सालको। जसबेला ‘माया’ भन्ने सिनेमाको छायांकनको लागि भुवन केसी चितवन पुगेका थिए। सिनेमाको हिरो रहेका भुवन केही दिन अगावै नारायणगढमा थिए। सिनेमाका द्वन्द निर्देशक गोपाल भुटानी सहित राजेन्द्र खड्गी चितवन पुगे। साथमा उनले सोही समयमा ३२/ ३३ सयमा किनेको डिङ्गो लगाएर छायांकन स्थलमा पुगे।

जब भुवन केसीले राजेन्द्र खड्गीको खुट्टामा आफ्नै जस्तो जुत्ता देखे तब उनलाई भुवनले आफ्नो जुत्ता लगाएको भन्दै खोल्न भने। त्यस समयको घट्ना याद गर्दै राजेन्द्र भन्छन्, ‘गोपाल भुटानी गुरु, नारायण प्रधान दाई र म अचम्म भयौँ। भुवन दाईले मलाई जुत्ता चोर नै भन्नु भयो। हामीले भन्यौँ ३३सयमा नारायणगढबाट किनेर ल्याएको भन्दा पनि भुवन दाईले पत्याउनु भएन।

मलाई त साह्रै रिस उठ्यो। दाईले त हामीले लाउनै नसक्ने जस्तो गर्नु भयो नी त। मैले र नारायण दाईले हान्दिउ भन्ने जस्तो लाग्यो। तर हामीले फिल्मको सुटिङ रोकिन्छ भनेर हामीले हात हालेनौँ। अनि दाईलाई हामीले भन्यौँ। ल दाई तपाईँको जुत्ता तपाईँले राखेको ठाउँमा रैछ र मैले तपाईँको जुत्ता चोरेको होइन रहेछ भने त्यो जुत्ता पनि लिन्छु भन्दा भुवन दाईले ‘हुन्छ’ भन्नु भयो। राती फर्कने बेला भुवन दाईलाई संगै लगेर गयौँ र कोठामा पुग्यौँ। त्यसपछि के भयो भिडियोमा हेर्नुहोस्