होलीसंगै पोखराको लेकसाइडको बाटोमै यस्तो देखियो हङ्गामा (भिडियो सहित)

आज फागु पुर्णिमा देशभर होली पर्व मनाइदैछ ।वसन्त ऋतुको आगमनसंगै रङ्ग खेलेर उल्लासपुर्ण रुपमा आज देशभर होली पर्व मनाइदैछ । यस पर्वलाई मेलमिलाप, आपसी भाईचारा र सद्भावको सन्देश प्रवाह गर्ने विशेष अवसरका रुपमा मनाइन्छ । नेपालमा पहाड र तराई क्षेत्रमा छुट्टाछुट्टै दिनमा होली मनाउने गरिन्छ । हिन्दू संस्कृतिमा प्रत्येक वर्ष फाल्गुण शुक्ल पूर्णिमाका दिन होली मनाइन्छ । फाल्गुण महिनामा पर्ने भएकोले यस पर्वलाई तराईतिर फगुवा भनिन्छ । यो पर्व नेपाल, भारत तथा अन्य हिन्दु संस्कृति मनाउने राष्ट्रहरुमा मनाइने महत्वपूर्ण पर्व हो । होलीका दिन एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हानेर रङ्गिन बनाउने बन्ने गरिन्छ ।

परम्परा अनुसार वसन्तपुरमा विधिपूर्वक चिर ठड्याइएपछि फागु पर्व सुरु हुन्छ । हनुमानढोका दरवारको गद्दि बैठक दक्षिणमा तीनतले चीर ठड्याइन्छ । यसो गरेपछि फागु अर्थात् होली पर्व सुरु भएको मानिन्छ ।

पोखरामा पनि बिभिन्न सस्था र समुहहरु बाटोमा निस्की होली खेलीरहेका छन् बिषेश गरि पोखराको लेकसाइडमामा होलिको रौनक बेग्लै देखन सकिन्छ नेपाल घुम्न आएका पर्यटहरु पनि नेपालिसंगै रमाइलो गरी मनाईरहेको देख्न सकिछ .