नेपाली सेनाका खेलाडी दुनियाँलाई चकित बनाउने एक मात्र युवा (भिडियो)

मशार्ल आट्समा विभिन्न प्रकारका खेलहरु सामावेश छन। सबैभन्दा ज्यादा अभ्यासपूर्ण मार्शल आर्ट खेल मध्य एक मुवाथाई खेल हो। यो खेलको शुरुवात थाईल्याण्डबाट भएको थियो। यो थाईल्याण्डको राष्ट्रिय खेल पनि हो। मुवाथाई खेलबाट प्रभावित भएर नेपालका गुनाराज रुचालले पनि ३ वर्ष देखि तालिम लिदै आएका छन्। यस गेममा विशेष गरी घुँडा, कुइनो, किक र पन्चको प्रयोग गरिन्छ।

मुवाथाईका खेलाडी हुनुको साथसाथै उनी नेपाली सेनामा आबद्ध छन् । गेम शुरु गरेको ४ वर्ष बितिसक्यो। यस अघि उनी कराते, ऐकिड़ोमा सहभागी थिए। रुचालले ऐकिड़ो खेलबाट ब्याक ब्लेट पनि पाएका छन्। उनलाई सबैभन्दा बढी मार्शल आर्ट गेममा रुचि भएका कारण मुवाथाईमा लागे।

शुरु गरेको एक वर्ष भित्रैमा उनले थाइल्याण्डमा आयोजित चौधौ विश्व च्याम्पियनशिप खेलमा सहभागी हुने अबसर पाए। उक्त खेल जित्न नसके पनि उनले हौसला र प्रशसा भने बटुल्न सफल भए। नेपालमा पनि बेलाबेलामा मुवाथाई गेमको आयोजना भइरहेको हुन्छ जहाँ उनी भाग लिदै आएका छन्। उनको विश्व च्याम्पियन बन्ने सपना छ यसको लागि उनी निरन्तर लागिरहेका छन्। बाँकी हेर्नुहोस भिडियोमा