विभिन्न स्थानमा भएको घटनाको स्थलगत रिपोर्टिङ गर्दै पछिल्लो समयमा सावित्री सुबेदीको पर्दाफास गर्दै सामाजिक संजालमा चर्चाको पात्र बनेकी पत्रकार समाजसेवी चेलीको नाम हो ‘गंगा लामा’ (भिडियो सहित)

विभिन्न स्थानमा भएको घटनाको स्थलगत रिपोर्टिङ गर्दै पछिल्लो समयमा सावित्री सुबेदीको पर्दाफास गर्दै सामाजिक संजालमा चर्चाको पात्र बनेकी पत्रकार समाजसेवी चेलीको नाम हो ‘गंगा लामा’ ।

उनले पत्रकारिता मात्रै नभै घटनाको स्थलगत रिपोर्टिङ गर्दै गरिब र पिडित मुसहर बस्तीहरुको घरको छाना टाल्ने, बिरामिको उपचार गराउने जस्ता बिभिन्न अभियान समेत गर्दै आएकी छन् ।

उनको फेसबुक बाट जस्ता को तस्तै यो स्टाटस र भिडियो हेर्नुहोला :
बेलबारी वाड नम्बर ८ स्थित छायामा परेको मुसहर बस्ती, घरको छाना टाल्ने, बिरामिको उपचार गराउने त ठुलो कुरा भयो यहाँ बिहान बेलुकाको छाक टार्ने जोहो गर्दैमा दिन, महिना, बर्ष हुँदै पुस्तौ बित्यो। सम्पतिको नामम बाटोको छेउमा रहेको त्यही एउटा माटोको झुप्रो पनि बाटो बिस्तारको कारण सरकारले भत्काउन आदेस दिएपछि मुसहरहरु खाली पेट र नाङ्गो शरीर भन्दा पनि ओतलाग्ने छानोको पिरमा छन|उनिहरुको सरकार सङ एउटै माग छ हामिलाइ बास देउ ।

दिन दिनै बर्खा नजिकिदैछ पानीले डुबिसकेपछी एक बोरा चामल र एउटा तृपाल दिएर आखामा छारो हाल्नुको साटो बेलैमा समस्याको समाधान गर सरकार!

हामी सरकारलाई खबरदारी गराउदै अफ्नो तर्फबाट पनि केही गरौभन्ने सोचमा छौ, सम्पुर्ण सहयोगी मनहरुलाई यस कार्यमा हातेमालो गरिदिनुहुन अनुरोध गर्न चाहान्छु धन्यवाद

यसै माथीको बिषय बस्तु लाइ ध्यानआकर्षण गराउदै सहयोगी मनहरुको पैसा जस्ताको तस्तै बोकेर बेलबारी वाड नम्बर ८ स्थित छायामा परेको मुसहर बस्ती पुगेकी छन् गंगा यो भिडियोमा हेर्नुहोस ।