भक्तपुरबाट हराएकी १० वर्षे बालिका मृत भेटिइन्, हजुरआमा रुँदै मिडियामा (भिडियो)

भक्तपुर: भक्तपुरबाट हराएकी १० वर्षे बालिका सुनमाया तामांग मृत भेटिएकि छिन। विद्यालयका शिक्षकसहित ६० जनाको समूहमा काठमाडौं उपत्यकाको शैक्षिक भ्रमणमा आएकी काभ्रे मण्डन देउपुरकि सुनमाया तामांग एक महिना दखि हराएकि थिइन । सुनमायाको खोजीको लागि भक्तपुर प्रहरीले दुई पटकसम्म प्रहरीका तालिम प्राप्त कुकुरको प्रयोग समेत गरेको थियो ।

खोजी र घटनाको अनुसन्धानका लागि महानगरीय अपराध महाशाखा समेत परिचालन भयो। तर गत २७ पुसमा भक्तपुर दरबार क्षेत्रबाट बेपत्ता भएकी काभ्रेकी १० वर्षीया सुनमाया तामाङको कुनै पत्तो लागेन। उनी हराएको ठिक एक महिनापछि २६ माघ २०७५ मा सुनमायाको शव भक्तपुर, राधेराधेस्थित हनुमन्ते खोलामा पानीमा सुन्निएको अवस्थामा रहेको शव सड्ने क्रममा भेटिएको थियो। शव हेरेर अनुहार पहिचान गर्न कठिन रहेको प्रहरीको भनाइ छ।

बालिकको शवपरीक्षणका लागि आज शिक्षण अस्पताल महाराजगञ्जमा लगेतापनि पोष्टमार्टम रिपोर्ट भने अहिलेसम्म नआइसकेको अवस्थामा घटना कसरि भएको हो रहस्य सुल्झिसकेको अवस्था छैन। घटना घटेको २० मिनेटभित्रै प्रहरीलाई जानकारी गराउंदा समेत १ महिना पछी बालिकाको शब् कुहिएको अवस्थामा भेट्नुले प्रहरीको असक्षमता फेरी एकपटक सुनमाया तामांगको घटनाले प्रमाणित त गरिदिएको छ नै साथसाथै घटना झन् रहस्यमय बन्दै गएको छ।

शिक्षण अस्पताल महाराजगञ्जमा सुन्मायाका आफन्त, शिक्षक लगायत उनको हजुरामा र आमा समेत पुगेका थिए। गाउँलेले समेत १ महिना पछि उनको शब भेटिनुमा प्रहरी प्रशासन समेत दोषी रहेको बताए। उनी पढ्ने काभ्रेको मण्डन देउपुरस्थित उमाशह उच्च माविका शिक्षकले भने पोष्टमार्टम रिपोर्ट नआइकन घटनाको रहस्य थाहा नहुने बताए। शिक्षण अस्पताल महाराजगञ्ज पुगेकी उनको आमा भने आफु बिगत लामो समयदेखि काठमाडौँमा बसेको र प्रहरीले आफुलाई शंका गरि अनुसन्धान गरेकोमा आफु निर्दोष रहेको बताएकी छिन ।

परिवार सदस्य र विद्यालय शिक्षकले उनको लुगा र हुलियाका आधारमा शवको पहिचान गरेका थिए। बालिका हराएको दिनदेखि शनिबार बिहान भक्तपुरको सूर्यबिनायक नगरपालिका–५ राधे राधेस्थित हनुमन्ते खोला किनारामा भेटिदासम्म उनी कहाँ र कुन अवस्थामा थिइन्? उनीसँग के भयो र के गरियो? उनी कसरी मृत्युको अवस्थामा पुगिन्? शब् भेटिएसंगै यी सवाल उत्पन्न भएका छन। प्रहरी थप अनुसन्धानमा लागेको छ भने पोष्ट मार्टम रिपोर्ट आएपछि र थप अनुसन्धानले यो घटनाको रहस्यबारे नजिक पुग्न सकिन्छ।