एक बुटवलका युवाले बनाए यस्ताे VIP कार ! दुनिया दङ्ग पर्याे ! यसरी कुद्छ 40 को स्पिडमा

बुटवलका अंकित बराइलीले ब्याट्री र पेट्रोल दुवैबाट चल्ने कार बनाएक छन् । करिब दुई वर्षको मेहनतपछि बजारमा कुदाएर हिड्न सक्ने बनाएको कारको नाम अंकितले ‘ड्रिम कार’ राखेका छन् । स्पोर्टस् मोडेलमा नर्माण भएको कारलाई अन्तिम रुप दिन अझै बाँकी रहेको छ ।

देख्दा ह्याण्डसम देखिने युवकले थोत्रो जस्तो कार कुदाएको देख्दा बुटवल बजार बासीहरु दंग परेर हेर्ने गरेका छन् । दुई वर्षदेखि त्यहि कार निर्माण गर्न जुटेका अंकितले कारको छत राख्न र पेन्टिङ गर्न भ्याएका छैनन् । आफ्नै शैलीमा निर्माण गरेको कारमा चेसिस, फैब्रिकेसन, सस्पेन्सन सिस्टम जडान गरिएको छ । कारमा राखिएको ब्रेक र स्टेरिङ पनि उनी आफैले बनाएका हुन् ।

ग्राउण्ड क्लियरेन्स १ सय ५० एमएम, साढे ३ मिटर लम्बाइ, १.२५ मिटर उचाइ र ४५ इन्च चौडाइ भएको कार दुई सिट क्षमताको रहेको छ । कारलाई मुर्त रुप दिन अंकितले चेसिसलाई एकवर्षसम्म माटोले पुरेर आकार निकाली डाइ बनाएर फाइबर ग्लासको बडी बनाएको बताएका छन् । ब्याट्री र प्रेटोल दुवैबाट चल्ने कार प्रतिघण्टा ४० किलोमिटर दौडने उनको भनाइ छ । कारमा गति मापन गर्ने उपहरण भने जोड्न बाँकी नै रहेकोे छ ।

कारमा स्थानियस्तरमा रहेका लेथ मेसिनको प्रयोगबाट नै वेल्डिङ, वायरिङ गरेर कार तयार गरेको बताएका छन् । ६ लाखको लागतमा निर्माण भएको कारलाई अन्तिम रुप दिन २ लाख लाग्ने अंकितले बताएका छन् । १२ भोल्टको ५ वटा ब्याट्री कारमा जडान गरिएको छ ।