गायक कुलेन्द्र विश्वकर्मा र गायिका अनुजा पुडासैनीको आवाजमा “रुदैँ रुदैँ बसे“ भिडियो

आर पोखरेल , काठमाडौँ,

सालको पात टपरी हुने गीतबाट सर्वाधिक चर्चामा आएका गायक कुलेन्द्र विश्वकर्मा र गायिका अनुजा पुडासैनीको आवाजमा सजिएको लोकदोहोरी गीत “रुदैँ रुदैँ बसे “गीतको भिडियो ग्यालरी नेपालको आधिकारिक युटुव मार्फत बजारमा आएको हो ।

गीतमा माया र प्रेमबाट विछोडिएका युवा युवतीको पिडालाई समेटिएको छ । प्रेम र विछोडलाई गीतमा मुख्य रुपमा समावेश गरिएको छ । आफना प्रेमीलाई आफनो प्राण प्यारो ठान्दा पनी आफनो प्रेमीबाट टाडा हुनु पर्दाको पिडालाई गीतमा समावेश गरिएको छ । तेजेन मल्ल र रिम खत्रीको शब्द सिर्जना तथा शंकर शर्माको लय सिर्जना गीतमा रहेको छ ।

मुकेश हुमाँगाईको छायाँङकन , राजेश कुमारको सम्पादन , बविता श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । “रुदैँ रुदैँ बसे“ गीतको भिडियोमा बुद्धविर थापा र सगुन शाही र गौत्तम शेर्पाको अभिनय रहेको छ ।

“रुदैँ रुदैँ बसे“ गीतको भिडियो।