‘सत्यम् शिवम सुन्दरम’ को ट्रिजर यस्तो बन्यो (भिडियो सहित)

स्कटनेपाल,

आर पोखरेल,काठमाडौं । बिजि बर्मा फिल्मसको ब्यानरमा कला राईको नेपाली कथानक चलचित्र ‘सत्यम् शिवम सुन्दरम’ चलचित्रको अफिसियल ट्रिजर सार्वजनिक भएको छ ।चलचित्रमा नव नायिका कृति क्षेत्रीले चलचित्रमा नव नायिकाको रुपमा नेपाली सिने जगतमा पाइला चालेका छन।

उनीहरुको साथमा सो चलचित्रमा बिमला गिरी, राजन महर्जन, धनराज सुब्बा, अन्जना श्रेष्ठ,गिताञ्जली सुवेदी , रिचा भण्डारी, सुजित यादव, ज्ञानेन्द्र चेम्जोङ, कृष्ण कुमार घलान, रमेश घतानी र निशा भुजेलको अभिनय रहेको छ ।नरेश ऐरको छायाँकन देव महर्जनको द्वन्द, राजन महर्जन र सुरेश पाण्डेको नृत्य बिपिन कटुवालको शृङार रहेको छ। सपना देख्नेहरुको सपना पूरा हुन्छ कि हुदैन भन्ने मुख्य आशयलाई चलचित्रमा समावेश गरिएको छ ।

चलचित्रमा सन्तोष प्रगाढको संगीत र गायिका नित्याशिवा, सन्तोस प्रगाढ, इन्दिरा जोशीको अवाजमा गीत तयार गरिएको छ । गीतलाई शंकर अधिकारी घायलले लेखेका हुन ।चलचित्रले समाजमा सकारात्मक सन्देश दिनेमा आफु आशावादी रहेको समेत चलचित्रका निर्देशक तथा लेखक शंकर अधिकारीले बताए । आगामी हरितालिका तीजमा सो चलचित्रलाई प्रद्र्धशन गर्ने समेत निर्माण पक्षले बताएको छ ।

हेर्नुहोस ट्रिजर ।