प्रदर्शन अगाबै पुर्वमा यस्तो देखियो फिल्म साईलिको क्रेज : गौरभ, मेनुका र दयाहाङ्ग संग तानातान गर्दै सेल्फी (भिडियो सहित)

ईटहरी/ प्रदर्शन मिति नजिकिदै गर्दा प्रचारप्रसारलाई तिब्रता दिन पुर्व आएको फिल्म ‘साईली’ टिमले ईटहरि, धरान र बिर्तामोडमा पत्रकार भेटघाट तथा प्रचारप्रसार गरेर फर्किएको छ । पुर्वमा फिल्म प्रचारप्रसार गर्न आएको ‘साईली’ टिमलाई अर्को सुनौलो मौका मिलेको थियो । झापाको बिर्तामोडमा संचालन भैरहेको ‘झापा गोल्ड कप’ मा आफ्नो फिल्मको प्रचार गर्ने मौका जुरेको हो । आयोजकका आग्रह अनुसार नै गोल्डकपको फाईनल खेल तथा समारोहमा ‘साईली’ टिमलाई निम्त्याईएको थियो ।

प्रचारप्रसारका लागि फिल्मका नायक गौरभ पहारी, नायिका मेनुका प्रधान, केनिपा शिह र अभिनेता दयहाङ राई संगै फिल्मका टिम उपस्थित रहेका थिए । गायक हेमन्त रानाको चर्चित गित सुन साइँलीको भावलाई आधार बनाएर निर्माण गरिएको नेपाली चलचित्र साइली आगामी चैत्र १५ गतेबाट प्रर्दसनीमा आउने भएको छ ।

सामाजिक प्रेम कथा वस्तु समेटेर निर्माण भएको चलचित्र साइली आगामी चैत्र १५ गते देखि देशभर प्रदर्सन हुदैछ । बैदेशिक रोजगारीमा गएका श्रीमानको प्रतिक्षा गरेर दिन काटिरहेकी श्रीमतीविचको माया प्रेमलाई कलाकारहरुले मार्मिक रुपमा प्रस्तुत गरेको छ । जी एच इन्टरटेन्मेटको व्यानरमा निर्माण भएको चलचित्र साइलीमा गौरभ पहाडी, दयाहागं राई, मेनुका प्रधान, किनिपा सिहं, माओत्से गुरुगं, प्रकाश घिमीरे लगायतका कलाकारहरुको अभियन रहेको छ ।