यस्तो म्यासेज आयो “रबि लामिछाने, रमेश प्रसाई र डा.मुकुल ढकाल” लाइ (भिडियो सहित)

एचबी ताम्राकार,

नेपालकै दुर्गम ठाउँ कालिकोटमा बन्दै गरेको एशियाकै नमूना रासकोट कम्युनिटी हस्पिटलका परिकल्पनाकार डा. मुकुल ढकाल , नेपालका एकमात्र कृतिमानी पत्रकार रबि लामिछाने र पब्लिक स्पीकर सिजन २ का विजेता रमेश प्रसाईको भेट एतिहासिक भएको छ ।यो भेट मात्र भेटघाटकै लागि सिमित नभएर नेपाल र नेपाल बाहिर बस्नुहुने सम्पूर्ण नेपालीहरुलागि एक महत्वपूर्ण पाठको रुपमा साबित भएको छ । डा. मुकुल ढकाल आफैमा एक क्यान्सर पिडीत हुन् ।सम्पन्न परिवारमा जन्मेरपनि आफ्नो मन, तन र धनलाई पूर्णरुपले दुर्गम भेगमा लगाउनु उनको महानता हो ।

भनिन्छ, जिवन जिउनकैलागि अनेक बाहनाहरु चाहिन्छ । हामीले कसरी जिवन जिउनुपर्छ भन्ने कुरा अरुबाट सिकेर , आफै भोगेर वा इच्छाशक्तिको माध्यमबाट हुने कुरा हुन् । डा.मुकुल दुर्गम भेगका मानिसहरुको दुख देख्न नसकेर त्यो ठाउमा एक अस्पताल बनाउनुपर्छ भन्ने निर्णयमा पुगे ।उनलाई गर्ववती महिलाहरुको पिडा , अस्वस्थ बालकहरुको अवस्था , वृद्ध आमाबुवाको छटपटी र अनेक घटनाबाट ग्रसित ति निर्दोष मानिसहरुको कथा र व्यथा टुलुटुल हेरेर बस्न मन लागेन् । संचारकर्मी रबि लामीछानेले रासकोट कम्युनिटी हस्पिटल समयमै निर्माण गर्नुपर्छ भनेरै नेतृत्व गर्न तयार हुनु भयो ।

”सिधा कुरा जनतासंग” कार्यक्रमका प्रमुख लामिछानेले नेपालमा पत्रकारिता क्षत्रमा नयॉं प्रयोग गरेर देखाउनु भयो । यो प्रयोग पूर्णरूपले सफल साबित हुन पुग्यो ।नेपाली जनताले अत्यन्तै मनपराउनु भयो ।जनहितकालागि भएकाले देश र विदेशबाट उहाँको समर्थनमा जनसागर जन्मियो ।यो चर्चा साघुरिएर नबसोस् भन्ने चाहनासहित भुकंम्प पिडीतहरुकालागि रबि लामिछानेको नेतृत्वमा बस्ती तयार भयो । घरबिहिनहरुकालागि बस्ति तयार हुनु एक आफैमा महान काम हो।

कार्यक्रमबाट नै रबि लामिछानेले महान काम गरिसकेका छन् तर उनले अन्य सामाजिक कार्यमा हात हाल्नुपनि सवैकालागि ग़ौरवको बिषय हो ।सलाम छ रबि दाईलाई । २ लाख सहयोग गर्ने घोषणा गर्नु भएकोमा हृदयदेखी नै सलाम छ । आर्थिक र शारीरिक रुपले कमजोर आदरणीय दाई रमेश प्रसाई देशको हिरा हुन् ।एक असल प्रेरणाका स्रोत हुन् । उद्दार मनका खानी हुन् ।देशको हितकालागि आवाज उठाउने एक मजबुद योद्धा हुन् ।जति धेरै तारिफ गरेनी नि अपुग हुन् पुग्छ ।

केहि दिन अगाडी मात्रै पब्लिक स्पीकर सिजन २ का बिजेता हुन सफल रमेश प्रसाई दाईलाई विशेष बधाई दिन चाहन्छु ।आफुले प्राप्त गरेको पुरुस्कार स्वरुपको केहि अंश रासकोट हस्पिटल निर्माणकालागि सहयोग गर्ने घोषणा गर्नु भएको थियो । उनले उक्त बाँचा पुरा गरेरै छोड़े । सहयोग गर्न धर र मन हुनुपर्छ । गफ मात्र होईन , काम पनि गर्नुपर्छ भनेर उदाहरणिय पात्रका रुपमा रबि लामिछाने , डा मुकुल ढकाल र रमेश प्रसाई देखिएका छन् ।

तिनै जनाको वहस नेपालको इतिहासमै फरक र अर्थपूर्ण बहसको रुपमा साबित हुन पुग्यो । तिनै जनालाई मनैदेखी सम्मान अनि सलाम छ !!!