दलित महिला अधिकारकर्मी सरु सुनारको एक फरक ”श्रदान्जली” यस्तो देखियो

कास्की क्षेत्र नं. २ का समेत सांसद रहेका अधिकारीको बुधबार ताप्लेजुङको सिस्नेभीरमा हेलिकप्टर दुर्घटना हुँदा मन्त्री अधिकारी सहित सात जनाको मृत्यू भएको थियो । दुर्गम भेग र भारी हिमपातका कारण सम्पूर्ण शव निकाल्न नसकिएकाले बिहीबार मात्र शब संकलन गरेर काठमाण्डौ लगिने थाहा हुन आएको छ । यता मन्त्री अधिकारीको गाउँ तथा निर्वाचन क्षेत्र सोकमा डुबेको छ । सबैले सपना जस्तो र अकल्पनीय भएको भन्दै मन्त्री अधिकारीको अन्त्यष्टि पोखरामै गर्न समेत माग गरेका छन् ।

दलित महिला अधिकारकर्मी सरु सुनारको एक फरक ”श्रदान्जली” यस्तो देखियो !

म केहि लेख्नै सकिन , मन्त्री रबिन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा दु:खद निधनको खबरले ..
. धेरै पटक कार्यक्रममा भेट हुन्थ्यो , जहिले पनि महिला , दलित अधिकारका सवालमा कडकेर बोल्ने अनि प्रस्न गर्थे , एकोहोरो सुन्नुहुथ्यो , अनि चित्त बुझ्दो जवाफ दिनुहुन्थ्यो , जब कार्यक्रम सकिन्थ्यो , अनि मुसुक्क हास्दै सरुको आवजमा दम छ अनि आक्रोश पनि”” यो देशको दलितहरुको लागि सरु एउटा तारा हो निरन्तर राख्नु ../ “”

आज मलाई कताकता यो आवज गुन्जिरहेको छ , पोखरा जादा एउटै पेलेनमा परिएछ//
देख्ना साथ कता हो सरु भनी सोध्नु भयो अनि केही फोटा मेरो मोबाईलको क्यामारामा कैद भयो !!

आज यी तस्बिर अन्तिम नै बने ,, धेरै खालका आरोपहरु आएका थिए कति सत्य थिए या झुटो या लागेका आरोपलाई निर्दोष भनी साबित गर्छु भन्दा भन्दै त्यो समय पापी कालले पर्खेन /
एउटा होनहार ब्यक्तित्व गुमाउनु पर्यो //
कसरी भनु श्रदान्जली ?