हेलिकोप्टर दुर्घटनामा निधन भएका मन्त्री अधिकारीको अन्त्यष्टी पोखरामा गर्न आग्रह

ताप्लेजुङमा हेलिकोप्टर दुर्घटना हुँदा निधन भएका पर्यटन मन्त्री रबिन्द्र अधिकारीको अनत्यष्टी पोखरामा गर्न सामाजिक संजाल मार्फत आग्रह गरेका छन् । कास्कीबाट कहिल्यै चुनाव नहारेका, कास्की क्षेत्र नं. २ का समेत सांसद रहेका अधिकारीको बुधबार ताप्लेजुङको सिस्नेभीरमा हेलिकप्टर दुर्घटना हुँदा मन्त्री अधिकारी सहित सात जनाको मृत्यू भएको थियो । दुर्गम भेग र भारी हिमपातका कारण सम्पूर्ण शव निकाल्न नसकिएकाले बिहीबार मात्र शब संकलन गरेर काठमाण्डौ लगिने थाहा हुन आएको छ । यता मन्त्री अधिकारीको गाउँ तथा निर्वाचन क्षेत्र सोकमा डुबेको छ । सबैले सपना जस्तो र अकल्पनीय भएको भन्दै मन्त्री अधिकारीको अन्त्यष्टि पोखरामै गर्न समेत माग गरेका छन् ।

घटनापछि बसेको मन्त्रीपरिषदको बैठकले मन्त्री अधिकारीलाई राजकिय सम्मानका साथ अन्त्यष्टि गर्ने निर्णय गरेको छ भने बिहीबार सार्वजनकि बिदा समेत दिने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले रविन्द्रको परिवारलाई भेटेर सम्बेदना प्रकट गर्नुभएको छ भने पोखरा मालेपाटनमा बस्दै आएका उनका बाबु आमा पनि छोराको मृत्यूको खबरले भावबिहोल अवस्थामा काठमाण्डौं गईसकेका छन् ।