कस्तो आयो जमाना लिएर आए नबिनले युरोप बाट फर्किदा बित्तिकै (भिडियो सहित)

समाजको यथार्थतालाइ गीत मा उतार्न सिपालु गायक नबिन पौडेल ले पछिल्लो समय मा अर्को गीत बजारमा ल्याएका छन। “आफ्नै मान्छे जहिलेनी टाटाढा बन्ने, बुटवल तिरै भएनी धरान छु भन्ने दुनियालाइ चाहिनी कस्तो आयो मोबाइलको जमाना पनि जेबोल्ननी पाइनी कस्तो आयो ईन्टरनेटको जमाना पनि जे हेर्ननी पाइनी” “कस्तो आयो जमाना” बोलको गीत मार्फत यथार्थता पस्किन खोजिएको छ। आधुनिकता र प्रबिधिमा भैरहेको बिकास ले समाज लाई कति असर गरेको छ र कति सपोर्ट गरेको छ भन्ने कुरा गीत मा दर्साइएको छ। त्यसो त नवीन समयसापेक्ष र यथार्थपरक गीतका पर्याय नै हुन। यश अघि “फुलेको तोरिलाइ बैँस आकि छोरिलाइ जोगाउनै गाह्रो” बजार मा ल्याएर निक्कै नै सफलता हासिल गरेका पौडेल को यो कस्तो आयो जमाना बोलको गीत तीजको अबसर मा निकालिएको हो। यश गीतमा नबिन पौडेल र कोपिला गौतम को स्वर सुन्न सकिन्छ। शब्द सङीत स्वयम् नवीन पौडेल को रहेको छ भने म्युजिक भिडियो को निर्देशन बिक्रम चौहान ले गरेका हुन। नब मोडल रबिन्द्र पन्त र रिना थापामगर ले अभिनय गरेको भिडियो पदम सुबेदिले सम्पादन गरेका हुन। यो गीतलाइ रक्षा म्युजिकले बजार ब्यबस्थापन गरेको छ। गीत निक्कै ब्यबहारिक र यथार्थपरक बनेको पृज्म रेकर्डिङ का ध्वनी सम्पादक श्यामस्वेत रसाइलिले बताए।

नवीन का सबैजसो गीतहरु युट्युबमा हेर्न सकिन्छ। उनका यस अघिका गीतहरु समाजलाइ चेतना जगाउने खालका छन “के सम्झनु छर जान्न मत त्यो घर” हरेक “जातजाति छौँ नानाथरी” “यस्तै हुन्छ भन्नेभा लाउने थिइन माया बुढिकन्या बन्नेभा” “ए हजुर सुन्नुभाछर” “आजै भेट भाको सिन्धुली आको म परेँ पाल्पाको” “श्रीनगर बतासे डाडैमा” “दुखका दिन गए” “नया पार्टी खोल्छु” “सत्य खान्छु कसम” “बुलाकी झुम्काना” लगायतका गीतहरुले निक्कै सफलता हासिल गरेका छन। पौडेल प्रस्तोता समाज नेपालका कार्यसमिति सदस्य, अन्तरास्ट्रिय कलाकार मन्च नेपाल का उपाध्यक्ष समेत हुन। स्टेज प्रस्तुतिमा निक्कै नै अब्बल नवीन भर्खर युरोप को साङ्गीतिक कार्यक्रम सकेर नेपाल फर्किएका हुन।

Leave a Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.