हिराको बिछौनामा सुत्ने नेपाली किन गरीब छन?

राम कुमार श्रेष्ठ, अस्ट्रेलिया

अरु ठूलो धन राशी खर्च गरेर विस्व संपदा सूचिमा पार्न प्रयासरत छन, तर हाम्रो देशमा सामान्य आधिकारिक प्रकृया पुरा गरेको भरमा विस्व संपदा सूचिमा पार्न लायकका संपदाहरु धेरै छन र पनि युनेस्कोका महानिर्देशक इरिना बोकोभा नेपाल आएको बेलामा अलिकति गृहकार्य गरेर मौकाको फायदा लिन समेत लागेको देखिएन । ….हात उतानो पार्नमा नै अभ्यस्त भएको र त्यसो गर्नमा नै गर्बानुभूति गर्ने हाम्रो मानसिकता देशबाट केही अपेक्षा नै नराखी केवल नागरिकीय र कर्तब्य बोध गर्न अभ्यस्त र बिदेशमा देशकै नाम उच्च राख्न कृयाशिल देशको अमूल्य निधिको बारेमा महत्वबोध गरेर देशका तर्फबाट भने हात घोप्टो पार्नुलाई दायित्वबोध के कसरी र कहिले गरिन्छ – हेर्न बाँकी नै छ । हाम्रा यस्तै मानसिकताका कारण हिराको बिछौनामा सुत्ने गरीब नेपाली भैरहेका छौं ।

जल एबं बिभिन्न बहुमूल्य खनिज संपदा, प्राकृतिक एबं सांस्कृतिक बिबिधता, हिमाल; पहाड र लुम्बिनीका कारण विस्वकै उत्कृष्ठ तपोभूमिका रुपमा नेपाल परिचित छ विस्वमा । बिभत्सकारी भूकम्पका बेला आँफै समस्यामा परेका बेलामा पनि पाहुनाहरुलाई खाएर जान अनुरोध गर्ने र नाकाबन्दीका बेलामा जतिसुकै दु:ख झेलेर पनि झुक्न नचाहने स्वभावका कारण विस्वमै चर्चित बन्न पुगेका यस्का परिश्रमी र जस्तै दु:खमा पनि हास्न सक्ने सहनशिल जनता छन यो देशका । देश अगाडि बढाउन यत्ति महत्वपूर्ण कुराहरु हुँदाहुँदै पनि संगै स्वतन्त्रता प्राप्त गरेका मुलुकहरु कत्ति अगाडि बढिसक्ता पनि हाम्रो भने अत्यन्तै दयनिय अवस्था किन त? यस्का धेरै कारणहरु छन, तर यहाँँ एउटा उदाहरणमा केन्द्रित हुन चाहन्छु म ।

मोरङको उर्लाबारीका मूर्तिकार मञ्जुल मितेरीको नेतृत्वमा बुद्धभूमि नेपालका आधुनिक ‘अरनिको’हरु काभ्रेका सानुभाइ विश्वकर्मा, उदयपुरका रामचन्द्र पण्डित र मोरङकै गणेश राई बान्तवा जापानको कामिआमाकुसा शहरको एउटा विशाल पहरामा अहोरात्र खटिएर बुद्ध मूर्ति कुँदिरहेका छन । कामिआमाकुसा शहरबाट १५ किलोमिटरको सवारी यात्रामा रहेको एक चट्टानी पहरामा मूर्ति निर्माणमा खटिरहेका छन उनीहरु । सन् २०१६ को सेप्टेम्बरबाट शुरु गरिएको बिशाल मूर्ति (६० फिटको एउटा, ५० फुटका दुईवटा र ३० फुटका चारवटा मूर्ति) निर्माण अभियान अबको ५ बर्षमा सकाएर यसलाई संसारकै ठूलो बुद्ध मूर्ति बनाउने र विस्व सम्पदा सूचिमा पार्ने यसका प्रायोजक एवं जापानी सरकारको लक्ष्य छ । यो युनेस्कोको विस्व संपदा सूचिमा समाबेश गरिने लक्षका साथ २०० बर्षमा चट्टानमा बन्दै गरेको सबैभन्दा ठुलो बुद्धको मूर्ति हुनेछ ।

जापानी व्यापारी ओसिमा सिजुकीको करीब तीन दशक अगाडिको परिकल्पना हो पहरामा यसरी विशाल बुद्ध मूर्ति निर्माण गर्ने । यो परियोजना अन्तर्गतको बुद्धको मूर्ति निर्माणको करीब ३५ प्रतिशत काम सकेको र सन् २०२३ भित्र सबै काम सकिने अनुमान छ ।

जापानी पहरोमा बुद्धको मूर्ति बनाएको देखेका जापानीहरुले अन्य स्थानमा झन ठूला मूर्ति बनाउने प्रस्ताव समेत ल्याइरहेका छन ।

यसरी जापानी ब्यापारी र सरकार ठूलो धन राशी खर्च गरेर विस्व संपदा सूचिमा पार्न प्रयास गरिरहेका छन । थुप्रै विकसित देशमा सामान्य कुराको लागि सरकारले खर्च गरेर पर्यटक गन्तब्यस्थलको रुपमा कसरी विकास गरिरहेका छन भन्ने कुरा धेरै नेपालीले देखिरहेका छन । नेपालमा खासै खर्चै नगरिकनै पनि पर्यटन केन्द्रको रुपमा विकसित गर्न सकिने अनगिन्ती प्रकृति प्रदत्त स्थलहरु छन जस्लाई हामी वास्तै गरिरहेका छैनौं । अरु ठूलो धन राशी खर्च गरेर विस्व संपदा सूचिमा पार्न प्रयासरत छन, तर हाम्रो देशमा सामान्य आधिकारिक प्रकृया पुरा गरेको भरमा विस्व संपदा सूचिमा पार्न लायकका संपदाहरु धेरै छन र पनि युनेस्कोका महानिर्देशक इरिना बोकोभा नेपाल आएको बेलामा अलिकति गृहकार्य गरेर मौकाको फायदा लिन समेत लागेको देखिएन – देखियो त केबल औपचारिक भेटघाट, केही स्थलगत निरिक्षण र औपचारिक समाचार प्रकाशन ।

विस्वप्रसिद्ध र नेपालका महामानवहरुका विभिन्न २०० मूर्ति बनाइसकेको मितेरी नेपाल आएर बाँकी ८०० मूर्ति बनाएर १००० मूर्ति राज्यलाई हस्तान्तरण गर्ने सोचमा छन् । उन्ले सरकारबाट केही अपेक्षा राखेका छैनन, उन्ले त केवल नागरिकीय र कर्तब्य बोध मात्रै गरिराखेका छन । हात उतानो पार्नमा नै अभ्यस्त भएको र त्यसो गर्नमा नै गर्बानुभूति गर्ने हाम्रो मानसिकता देशबाट केही अपेक्षा नै नराखी केवल नागरिकीय र कर्तब्य बोध गर्न अभ्यस्त र बिदेशमा देशकै नाम उच्च राख्न कृयाशिल देशको अमूल्य निधिको बारेमा महत्वबोध गरेर देशका तर्फबाट भने हात घोप्टो पार्नुलाई दायित्वबोध के कसरी र कहिले गरिन्छ – हेर्न बाँकी नै छ । हाम्रा यस्तै मानसिकताका कारण हिराको बिछौनामा सुत्ने गरीब नेपाली भैरहेका छौं ।

Leave a Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.