सासु बुहारी को झगडामा यसरी परे राजु मास्टर : भिडियो हेर्नुहोस

हाम्रो नेपाली समाजमा धेरै जसो गाउ घरमा देखा परेको चेली बेटी हरुको वास्तविक कथा बोकेको एउटा यस्तो तिजको मौलिक गित ‘महारानी’ बजारमा सार्बजनिक भएको छ । यो गित लाइ शितल मिडियाले युटुब मार्फत सार्बजनिक गरेको छ । यो गितमा बुहारीलाई महारानीका रुपमा चित्रित गरिएको छ । चर्चित गायिका उद्घोषिका शितल शर्मा र कला लम्सालको स्वरमा सजिएको यो गीतमा उनीहरु आफै दुवैजनाले अभिनय पनि गरेका छन् । यो गितमा शितल सासुको भूमिकामा देखिन्छन् त्यती मात्रै नभई अविवाहित शितललाई सासुको भूमिका निकै सुहाएको यो गित देखिन्छ ।

अर्की लोकप्रिय गायिका कला लम्सालको पनि उस्तै अभिनय छ । उनी छुच्ची बुहारीको रुपमा देखिएकी छिन् । आमा र श्रीमतीको झगडा परेपछि श्रीमानको भूमिकामा रहेका राजु पौडेल ‘मास्टर’लाई सम्हाल्न निकै अप्ठेरो परेको देखिन्छ ।

‘सासु र बुहारी आमा छोरी भए पनि कतिपय घरमा सासुबुहारी नमिल्दा परिवार भताभुंग भएको देख्न सकिन्छ, त्यसैलाई मैले गीतमा उतारेर दर्शकको माझमा ल्याएकी छु,’ शितलले दैनिक नेपालसँग भनिन्- ‘म्युजिक भिडियो सार्वजनिक भएपछि दर्शकहरुबाट राम्रो प्रतिक्रिया पाइरहेको छु ।’

गीतमा दिविशा शर्मा, सुशान्त पाठक र रुपा खनालको पनि अभिनय छ । शितल मिडियाको पहिलो प्रस्तुति रहेको यस गीतको म्युजिक भिडियोको निर्देशन र छायांकन दुर्गा पौडेलले गरेका हुन् । गीतमा शब्द र लय शिव हमालको रहेको छ । शितल शर्माको सहयोगमा हामीले यो गित तपाई को सामु राख्न सफल भएका छौ ।

हेर्नुस् उक्त भिडियोः