स्कटल्याण्डमा गैरआवसिय नेपाली संघ (एनआरएन) युके, स्कटल्याण्ड राज्य परिषदको पहिलो भेला।

बिजय डंगोल – एडन्वरा, स्कटल्याण्ड।स्कटल्याण्ड जुलाई २३ मा, गैरआवसिय नेपाली संघ (एनआरएन) युके, स्कटल्याण्ड राज्य परिषदको पहिलो भेला।
गैरआवसिय नेपाली संघ (एनआरएन) युके ले राज्य समन्वय परिषद भेलाको आवहान गरेको छ। यहि जुलाई २३ तारीख काउडेनबीचस्थित ‘नमस्ते सिम्ला प्यालेस रेस्टुरेन्ट’ मा दिउँसो २ बजे हुन गइरहेको छ। उक्त भेलालाई सफल बनाउने उदेश्यले जुलाई २२ तारीखका दिन “ग्लास्गो” मा अन्तरकृया कार्यक्रम पनि आयोजना हुने हुनाले उक्त कार्यक्रममा सामेल हुने आग्रह गर्दछौ। स्कटल्याण्ड राज्य परिषदको पहिलो भेलाका लागि प्रतिनिधि तथा स्कटल्याण्ड स्थित एनआरएन युके का सल्लाहकार भोला खलानले स्कटल्याण्डका सबै नेपाली तथा संघसंस्थाका प्रतिनिधिहरु संग छ्लफल गरि सोही अनुसार कार्यक्रमको तयारी गरिएको जानकारी गराएका छ्न र साथै सम्पूर्ण स्कटल्याण्डबासीहरुलाई उक्त भेलाले युके एनआरएन र स्कटल्याण्ड बीच सुमधुर सम्बन्ध र सहज रूपमा कार्य सम्पादनका लागि कार्यक्रममा सहभागी भइ कार्यक्रलाई सफल बनाइदिनु हुन अनुरोध गरेका छन् ।कार्यक्रम आयोजना हुने स्थान र समय:-
अन्तरक्रिया हुने मिति: २२ अगस्त, आइतबार
स्थान: 1 priory Avenue, Paisley, Glasgow, PA3 4NS
समय : बिहान१० बजे
राष्ट्रिय भेला:- २३ तारिख, सोमबार
स्थान: नमस्ते सिम्ला प्यालेस रेस्टुरेन्ट, सेन्टट्रल पार्क, काउडेनबीच, KY4 9QQ
समय: दिउँसो २ बजे

धन्यवाद