स्कटल्याण्डको ईडन्वरा मा नेपाली समाज द्वारा आयोजित पहिलो इडन्वरा कार्निभल फेस्टिबलमा काठमाडौँ, नेपालको झलक।।।

स्कटल्याण्डको ईडन्वरा मा नेपाली समाज द्वारा आयोजित पहिलो इडन्वरा कार्निभल फेस्टिबलमा काठमाडौँ, नेपालको झलक।।।स्कटल्याण्ड इडन्वराले प्रत्येक वर्ष जुलाइमा मनाउदै आइरहेको इडन्वरा समर कार्निभल फेस्टिबल २०१८ यहि १५ जुलाईमा वेलायतमै पहिलो चोटि नेपाली समाज स्कटलैण्ड परिवार तथा नेपाल स्कटलैण्ड एसोसिएसन द्वारा यस इडन्वरा कार्निभल फेस्टिबल मा भाग लिन्दै आफ्नो नेपाल र नेपालीको पहिचान बिश्व सामु देखाई भव्य रुपमा मनाएको छ। एडन्वरास्थित प्रिन्स इस्त्रीटमा आयोजित कार्यक्रममा काठमाडौं मा मनाइने इन्द्र जात्राको झलकमा धिमे ज्याफु बाजा, धिमे नाच, लाखे नाच, कुमारी, पंन्चकन्या सहितको स्थानीय नेपाली द्वारा आ-आफ्नो भेषभुषामा तथा अन्य समुदायका आगन्तुकहरुको सहभागिता रहेको थियो।कार्यक्रमका लागि गत जनवरी देखि स्थानीय नेपाली युवायुवतीहरूलाई हरेक बिहिबार साँझ नृत्य एवं धिमे ज्याफु बाजा तालिम नृत्य गुरू चरण प्रधान द्वारा गराइएको थियो ।
कार्यक्रम गर्नुको मुख्य उद्देश्य स्थानीय समुदायसँग सामिप्यता एवं आपसमा सकारात्मक दृष्टिकोण अभिवृद्धि र वर्तमान परिवेशमा नेपाल र नेपालीको तथा बिश्वमाझ आफ्नो पहिचान र सुमधुर सम्बन्ध अगाडि बढाउन रहेको कुरा र आगामी बर्ष नयाँ सोच र नपालसंग सम्बन्धित बिबिद संस्कृतिक कार्यक्रम सहित अझ बृहत रूपमा प्रस्तुत गर्ने योजना रहेको आयोजक सम्पूर्ण नेपाली समाज स्कटल्याण्ड तथा नेपाल स्कटल्याण्ड एसोसिएसनका महासचिव विजयमान डंगोल बताउँछन्।एस कर्यक्रम को सम्योजक नेपाल स्कटलैण्ड एसोसिएसनका सल्लाहकार चरण प्रधान र उपाध्यक्ष गोविन्द राम कन्देलले गर्नुभएको थियो भने संस्थाका सम्पूर्ण पदाधिकारीहरूको उल्लेखनीय योगदान रहेको थियो।
उक्त कार्यक्रममा स्कटलैण्डका स्थानीय नेपाली तथा संघ संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थिए, जसमा नेपाल गोर्खा एसोसिएसनका अध्यक्ष दम्बर बहादुर गुरुङ, हिमालयन सेन्टर फ्अर आर्टस् एण्ड कल्चर का अध्यक्ष टिका लिम्बू, इडन्वरा नेपिएर स्टुडेण्ट एसोसिएसनका पूर्व अध्यक्ष मनीष खत्री लगायत स्कटलैण्डका समाजसेवी तथा सफल व्यवसायी भोला खनाल, धन के सी, कमला श्रेष्ठ, यदुमणि सापकोटा, सुजन गौतम थिए।इडन्वरा कार्निभल फेस्टिबल कर्यक्रमको सँस्कृतिक कार्यक्रममा नेपाली कला र सस्कृती सहित नृत्य, झाकी सहित बेजोड प्रस्तुतिले इडन्वराको प्रिन्स इस्त्रीटमा मेला हेर्न आएका सम्पूर्ण दर्शकहरूको आकर्षण बनेका थिए र सम्पूर्ण जनमानस खुसिले उर्लेका थिए। प्रबिना खनाल, दिपक कॅदेल, बिबस कॅदेल, सारिका खत्री, सलिना भट्टराईको धिमे नृत्य, सुमन भट्टराईको लाखे नृत्य, आकृति खारालको कुमारी अनि पंन्चकन्याको भेषभुषा, बैकुण्ठ महर्जनको धिमे ज्याफु बाजा, तथा अन्य समुदायका भेषभुषाको पहिरन मुख्य आकर्षण बनेको थियो भने नेपाली समाज लाई सहयोग गर्न आएका आगन्तुकहरु पिटर दि, रेनि दिप्नाराइन, जेजिमान्तासको झाँकि प्रदर्शनीले कार्यक्रममा अझ रौनकता बढाएको थियोआयोजनामा आउनुभएको सम्पूण स्कटल्याण्डवासी तथा अन्य आगन्तुक दर्शकहरूद्वारा कार्यक्रम अत्यन्त भव्य तथा सभ्य रुपमा सफल भएको प्रतिक्रिया व्यक्त गरेका छन्। प्रवासमा नेपालीहरुले यति धेरै राम्रो कार्यक्रम गरिनुले आफूहरुलाई अत्यन्त खुशी लागेको जानकारी पनि दिएका छन् भने यसरी स्कटल्याण्डमा रहेका नेपालीद्वारा आफ्नो परम्परा तथा संस्कृतिलाई नेपालमा जस्तै मनाउने कार्य भएकोमा र नेपाली सँस्कृतिको जगेर्ना गर्न अगाडि बढेकोमा र बिश्वसामु आफ्नो पहिचानले सम्पूर्ण नेपाली समुदाय गौराम्बित भएको छ।

भिडियोको लागि तलको लिंकमा जानुहोस।। ।

धन्यवाद।।।