बिदामा सरकारी गाडी चलाउँदा यातायात हाकिमलाई सकस, टिसर्ट च्यातियो, मापासेको शंका (भिडियो)

गत असार ३० गते शनिबार पोखराको छोरेपाटनमा एउटा कारले मोटरसाईकललाई ठक्कर दियो । बा २ झ २४३४ नम्बरको उक्त कार सरकारी नम्बर प्लेटको थियो र त्यसमा यातायात कार्यलय गण्डकी लाईसेन्स शाखा प्रमुख तेज नारायण यादव थिए । यादवले चलाएको उक्त गाडीले ग ११ प ११ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो । दुर्घटना स्थलमा रहेका प्रत्यक्षदर्शीका अनुसार उनले चलाएको गाडी अनियन्त्रीत थियो र उनले मादक पदार्थ सेवन गरेको प्रत्यक्षदर्शीले बताएका थिए । तर रिपोर्टीमा भने मापसे नेगेटिभ आएको छ । गाडीमा हुँदा उनेको टिसर्ट पनि च्यातिएको थियो पछि उनले टिसर्ट फेरेर प्रहरीचौकी गएका थिए ।
उनका अनुसार शनिबार निरिक्षणमा गएको र फर्किदा आफ्नै कर्मचारी चढेको मोटरसाईकलसंग गाडी ठोकिएको थियो । आफूले मदिर सेवन पनि नगरेको र गाडी पनि नचलाएको उनले दबी गरे । स्थानीयबासीसंग बुझ्दा गाडी यादबले नै चलाएको र हेर्दा पनि मदिरा पिएको जस्तो देखिएको बताए । मदिरा सेवन गरेको देख्दा पनि मेडिकल रिपोर्ट नेगेटिभ हुनु आफूहरु आश्चर्यमा परेको स्थानीयहरुको भनाई थियो ।