नेपालको पर्यटन विकासका लागि जापानमा एक दिवसीय बिचार गोष्ठीको आयोजना गरिने

नेपालको पर्यटन विकासका लागि जापानमा एक दिवसीय बिचार गोष्ठीको आयोजना गरिने भएको छ ।सुदुरपश्चिमेली नेपाली समाज जापान र नेपाल जापान पर्यटन अध्ययन केन्द्रद्वारा संयुक्त रुपमा आयोजना गरिएको उक्त बिचार गोष्ठी कार्यक्रम अगष्ट ५ तारिख दिउसो १ बजे देखि टोकियोको इचिगाया स्थित जाईकाको सेमिनार हलमा हुनेछ ।

राप्ती समाज ,पर्वत समाज र यूथ फर अल सह-आयोजक रहेको उक्त कार्यक्रममा जापानमा पर्यटन बिषयमा अध्ययन अनुसन्धान गरिरहेका नेपाली बिशेषज्ञहरुद्वारा कार्यपत्र समेत प्रस्तुत गरिने छ ।

नेपाल सरकारले पर्यटन विकासको गुरु योजनास्वरुप १० वर्षे पर्यटन रणनीति अन्तर्गत १५- २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ नेपाल भ्रमण वर्ष २०२० मनाउन लागेको देखिन्छ भने यसको लोगोसँगै नारा “हामी नेपालीको भावना, पर्यटक हाम्रा पाहुना’” पनि ठोस गरेको छ । पर्यटन नीतिमा पनि सुधारहरु गर्ने जनाएको छ। अहिले रहेको १२ दिनको पर्यटकको बसाई अवधीलाई लम्बाएर १५ दिने पुर्याउने र प्रति पर्यटक खर्च दैनिक ६५ डलर पुर्याउने लक्ष्य राखेको छ ।त्यस्तैगरी सन् २०२० मा नेपालको कूल ग्रार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान ४ प्रतिशत मात्रै रहेको छ भने यसलाई र विदेशी मुद्रा आर्जन पनि बढाउने लक्ष्य राखेको छ।
नेपाल सरकार गुरु योजना सहित कसरी पर्यटन क्षेत्रको विकास र प्रवर्द्वन गर्नु सकिन्छ भनि देश वाहिर भित्रका पहलहरु कसीरहेको वेलामा जापानवासी प्रवासी नेपाली जो देशप्रति र पर्यटनप्रति माया गर्ने तथा यस क्षेत्रमा अध्ययन अनुशन्धान गरीरहेका छन् सरोकारवालाहरु यस सम्बन्धी कार्यक्रम गर्नु स्व स्फुर्त लागिपरेका छन्।

जापानमा रहेका पर्यटन क्षेत्रमा अध्ययन, अनुशन्धान र काम गरीरहेका तथा प्रत्यक्ष परोक्ष यस क्षेत्रमा जोडिएका नेपालीहरुले नेपाल जापान पर्यटन अध्ययन केन्द्र नामक संस्था खडा गरी यसै मार्फत पर्यटन गतिविधीहरु अगाडी बढाईरहेका छन्।

नेपाल जापान पर्यटन अध्ययन केन्द्रले सुरुका दिनहरुमा छिटफुट गतिविधीहरु गरीरहेको भएता पनि नेपाल भ्रमण वर्ष २०२० घोषणासँगै यसले आफ्ना कामहरु दुर्त गतिमा अगाडी बढाएको छ। नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल भ्रमण वर्षको लोगो घोषणा सँगै नेपाल जापान पर्यटन अध्ययन केन्द्रले जापानी भाषामा उल्था गरेको लोगोलाई नेपाल पर्यटन बोर्डले मान्यता/स्वीकृती दिएसँगै यसको व्यापकता अझ बढेको उल्थाकर्ता बिश्वेश्वर रेग्मीले जनाएका छन्।

त्यसैगरी नेपाल भ्रमण वर्ष २०२० को लक्ष्य प्राप्तिमा एकाकार भएर सहयोग गर्नुको लागि विदेशीएका जापानका विभिन्न क्षेत्रमा रहेका नेपालीहरुको कस्तो भमिका रहन सक्छ यसको मन्थनका लागि नेपाल जापान पर्यटन अध्ययन केन्द्र र सुदूरपश्चिमेली नेपाली समाज जापानको आयोजना तथा राप्ती समाज, पर्वत समाज र युथ फर अलको सह-आयोजनामा जुलाई ५ तारीक कार्यपत्र पस्तुत तथा छलफल कार्यक्रम टोकियोको ईचिगया स्टेशन नजिकै रहेको जाईकाको अन्तराष्ट्रिय हलमा राखेको यस कार्यक्रमका संयोजक बिष्णु खनालले बताएका छन्।

यसको साथै यस कार्यक्रमको लागि नेपाल पर्यटन बोर्डले सहयोग र समन्वय गरेको एन आर एनए जापानका सदस्य तथा नेपाल फेस्टिवल पर्यटन उप समिति संयोजक तथा यस कार्यक्रमका प्रचार प्रसार समिति संयोजक आशिष रावलले जनाएका छन्। कार्यक्रममा हार्दिकताकासाथ उपस्थित भएर नेपालको पर्यटन विकास र प्रवर्द्वनमा आफ्ना अमुल्य सुझावहरु दिएर अहम भुमिका निर्वाह गरीदिनुहुनुको लागि सुदूरपश्चिमेली नेपाली समाज जापानका अध्यक्ष एकेन्द्र थापा, पर्वत समाजका अध्यक्ष सुजन जोशी र युथ फर अलका अध्यक्ष बाबुराम पौडेलले सयुक्त रुपमा अनुरोध गरेका छन्।

अन्तमा नेपालको पर्यटनमा जापानिज पर्यटकहरु प्रत्येक बर्ष घट्दै गइरहेको परिप्रेक्ष्यमा यो कार्यक्रमले नेपाल पर्यटन बोर्डलाई जापानको बजार नेपालको पर्यटन विकास र प्रवर्द्वन गर्न कोशेढुंगा हुनेछ भने भावी रणनीति बनाउन सहयोग पुग्ने आशा गरिएको छ।नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सन २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरिसकेको अवस्थामा जापानबाट धेरै भन्दा धेरै पर्यटकहरु कसरी भित्र्याउन सकिन्छ भन्ने विषय नै यो कार्यक्रमको विशेष छलफल र छलफलको निष्कर्ष हुनेछ।यो निष्कर्ष नेपाल पर्यटन बोर्डलाई पर्यटन प्रवर्द्वनमा रेफेरेन्स हुनसक्ने विश्वास गरिएको छ।