श्रीदेवीलाई छोरीको यस्तो मनै रुवाउने पत्र

अक्सर बलिउड इभेन्टमा छोरी जान्ह्वीलाई डोहोर्‍याउँदै पुग्थिन्, श्रीदेवी । पार्टी होस् वा फिल्म पि्रमियर, जान्ह्वीलाई साथै लाने गर्थिन् ।

जान्ह्वीले पनि आमाकै पदचाप पच्छ्याउँदै बलिउडमा इन्टि्र गरिन् । करण जौहरको फिल्म ‘धडक’बाट उनी यसैबर्ष बलिउड डेब्यु गरेकी थिइन् । फिल्मको सुटिङ भइरहेको छ । तर, छोरीको फिल्म हेर्ने अवसरबाट सधैका लागि बञ्चित भइन्, श्रीदेवी । फिल्मकै कारण जान्ह्वीले पनि आफ्नी आमालाई अन्तिम अवस्थामा भेट्न पाइनन् ।

श्रीदेवीको भौतिक देह बुधबार नै अन्त्येष्टि गरिएको छ । अब उनको याद मात्र बाँकी छ । यसैबीच जान्ह्वीले आफ्नी आमाको लागि लेखेकी एक पुरानो पत्र अहिले सोशल मिडियामा भाइरल भएको छ ।
[youtube https://www.youtube.com/watch?v=ZgHHx9cYnKc]