जिलोङमा सामाजिक अगुवाद्धारा नै बच्चामाथि दुर्व्यबहार

                                     दुर्ब्यबहारमा परेका म्याक्स तमाङ भेषभुषामा

 

 

 

जिलोङ नेप्लिज एसोशियसनकी उपाध्यक्ष/ सचिब बिमला नेपालले जिलोङको बारवनहेडको स्कूलमा पढ्ने बर्ष ११ को म्याक्स लामालाई अस्ट्रेलियाकै सबैभन्दा  ठुलो बहुसांस्कृतिक महोत्सब मानिने पाको फेस्टामा सहभागी भएर अगाडि लहरमा बस्न जान लाग्दा ५-६ पटकसम्म कठालो र हातमा समात्दै पछाडि पठाउने गरेको जानकारीमा आएको छ । यस्ले म्याक्सको व्यबहारमा केही परिवर्तन आएको कुरा उन्को स्कूल र अभिभावकद्धारा जानकारी गराइएको छ ।

अभिभावकको अनुसार जिलोङमा नेपाली समुदाय बढ्दो रुपमा भए तापनि तामाङ् समुदायको एक्लो प्रतिनिधि भएकोले अल्पसंख्यक जाती भएको कारण पहिलादेखि नै हेप्ने गरेको अनुभब गरिराखेका थिए । समुदायमा यसरी एक्लो प्रतिनिधि भए तापनि अस्ट्रेलियाकै सबैभन्दा ठुलो बहुसांस्कृतिक महोत्सबमा आफ्नो पहिचान प्रदर्शन गर्न प्रयास गरिरहँदा संस्थाको जिम्मेवार ब्यक्तिद्धारा यसरी नाबालकमाथि दुर्व्यबहार गरिएको हो । अस्ट्रेलियाको नियमानुसार यसरी बच्चालाई दुर्व्यबहार गर्नु र जातिबादका आधारमा भेदभाव गर्नु दुबै अत्यन्तै ठुलो अपराधको रुपमा लिने गरिन्छ ।

जिलोङ नेप्लिज एसोशियसनका कार्य समितिका सदस्य प्रमोद पटेललाई पाको फेस्टामा सेफ्टी वार्डेनको जिम्मेवारी दिएको थियो । यसरी सार्वजनिक स्थलमा नाबालकमाथि गरिएको दुर्व्यबहारको सम्बन्धमा सेफ्टी वार्डेनले त्यसो हुन नदिने र भएपछी पनि जानकारी गराउने कुनै पनि काम गरेको पाइएन । अस्ट्रेलिया जस्तो देशमा जनसाधारणको सुरक्षाको प्रश्नलाई अत्यन्तै महत्व दिने गरिन्छ र अत्यन्तै संबेदनशील बिषय मानिन्छ । र जिलोङ समुदायका बीच पीडितका पिता जोन योन्जनले समस्याबारे जानकारी गराउँदै सर्कुलेट गर्नु भएको इमेलमा समेत सेफ्टी वार्डेनको जिम्मा लिएका पटेलले कुनै प्रतिकृया नै दिएनन । संस्थाका अध्यक्षलाई पहिला टेक्स्ट मार्फत समस्याको जानकारी गराइएको करीब ५ घण्टापछी मात्रै समुदायका सदस्यहरु बीच ईमेल सर्कुलेट गरिएको थियो । म्याक्स लामा अहिले स्कूलको काउन्सिलिङ अन्तर्गत छ । पुलिसले यसबारे अनुसन्धान गरिरहेको छ ।

नोट: थप जानकारी आबस्यक परेमा (+६१)०४०२५१५६२९ जोन योन्जन, सल्लाहकार जिलोङ नेप्लिज एसोशियसन