सगरमाथाकी छोरीले भनिन्- गुण्डाहरुले चलाएको देशमा गुण्डाले नजितेर कसले जित्‍छ ?

काठमाडौं । सामाजिक संजालहरुमा सगरमाथाकी छोरी नामबाट चर्चित बनेकी सावित्री सुवेदीले नयाँ स्टाटस पोष्ट गरेकी छन् ।

गुण्डा नाइके दिपक मनाङ्‍गेको जितसँगै सुवेदीले सामाजिक संजालमा भनेकिछन्, ‘गुण्डाहरुले जलाएका देशमा गुण्डाले नजितेर कसले जित्छ ।’ उनले नेताहरुको राजनीतिक अाचरण र व्यवहारमाथिको प्रश्न खडा गरेकी छन् । उनले राजनीतिक र समाज हुने गलत कार्यप्रति कडा टिप्पणी गर्दै अाएकी छन् ।

नेकपा एमालेले सुरुमा दिपक मनाङ्‍गेलाई समर्थन गरेको थियो तर चौतर्फी विरोध हुने भएका कारण केही समयको लागि अर्को व्यक्तिलाई उम्मदेवारी दिन लगाएको थियो । तर, वातावरण सेलाएको मौकामा फिर्ता लिएर दिपकलाई नै समर्थन गरको थियो । (अनलाइनडबली)