छोरी अब खाडी मुलुकमा पनि त्यती धेरै बसेर काम गर्न सकुला जस्तो छैन ।

सामाजिक संजालहरुमा सगरमाथाकी छोरी नामबाट चर्चित बनेकी सावित्री सुवेदीले नयाँ स्टाटस पोष्ट गरेकी छन् ।
छोरी
अब खाडी मुलुकमा पनि त्यती धेरै बसेर काम गर्न सकुला जस्तो छैन ।
उमेर पनि ढल्कीसक्यो दिउसो भरी काम गर्यो राती पुरा जिउ दुखेर अर्को बिहान काममा जान सक्ने अवस्था नै हुँदैन तर पनि तिमीलाई ठुलो मान्छे बनाउने सपना जब सम्झिन्छु तब ति दुखाई,पिडा र चिन्ता अाफ से आफ कता हो कता पुग्छन। कहिलेकाहीँ चिन्ता पनि लाग्छ छोरी मैले बारम्बार छुट्टिमा आउदा तिमी डाक्टर, इन्जिनियर र पाइलट यो मध्य एउटा अवस्य बन्नु पर्छ भन्दथे।
शिर ठाडो बनाएर यो मेरो छोरी भनेर भन्ने दिनको पर्खाइमै छु छोरी,मैले त्यो सपनालाई मर्न दिएको छैन ।
तर यो खाडीमा काम गर्दा गर्दै म ढले भने मैले देखेको सपना सपना नै हुनेछ ।
तिमीले बाटो परिवर्तन गर्दै समाज परिवर्तनकै बाटोमा लाग्नु किनकि डाक्टरले त केही बिरामीलाई उपचार गर्दछ तर एउटा सफल र नैतिक राजनीतिज्ञले देशको नै उपचार गर्दछ।
आज देशमा हुर्किएको अराजकता,विधि र प्रकृयामाथि ठुलो हस्तक्षपलाई निर्मुल पार्न युवाको सत्तामाथि पहुँच आवश्यक छ छोरी।
तिमी गरीबहरुको पक्षमा राजनीतिको मिसायल बनेर अगाडि बढ्नु किनकी राजनीतिमा कहिल्यै पनि गरीबहरुले अवसर पाएका छैनन्।
छोरी तिम्रो शिक्षा गरीबको निम्ति अमृत समान होस मेरो चाहना केवल यहीँ छ।
#जयनारी
झुम्रि