सातौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड भव्य रुपमा सम्पन्न, संगीत पत्रकारिता पुरस्कार हरि दुलाललाई

विभिन्न ४२ विधामा अवार्ड प्रदान गर्दै बिहिबार ‘सातौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड’ (निम अवार्ड) २०२४ ललितपुरको होटल स्क्वायरमा सम्पन्न भएको छ ।
समारोहमा यो वर्षको रजत संगीत सम्मान २०२४ बाट अग्रज संगीतकार जुगल डंगोल सम्मानित गरिएको छ । पावर इन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल)द्धारा आयोजित सो समारोहमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले अग्रज संगीतकार डँगोललाई सो सम्मान प्रदान गरेका हुन् । कार्यक्रममा संगीतकार डँगोलको सम्मानमा गायिका निशा देशारले जुगलकै संगीतको गजल साउनको भेल जस्तो… प्रस्तुत गरिन भने बाँसुरीबादक नगेन्द्र राईले जुगलकै संगीतमा बाँसुरी धुन सुनाए ।
सोही समारोहमा संस्कृतिकर्मी चन्द्र कुमार राई, साहित्यकार हरिसिंह थापालगायत पनि सम्मानित भए । कार्यक्रममा ५ हजार ५५५ राशीको यो वर्षको संगीत पत्रकारिता पुरस्कार रंग पत्रकार हरि दुलाललाई प्रदान गरियो ।
संगीतमय बनेको सो समारोहमा ४२ विधामा विभिन्न अवार्ड प्रदान गरियो । जस अन्तर्गत आधुनिक गीत तर्फ नै नव गायकको अवार्ड राजु भट्टले, नव गायक जुरी अवार्ड सन्त बहादुर दराईले, नव गायिकाको अवार्ड प्रिजा मिश्रले प्राप्त गरे । आधुनिक विधा तर्फ नै गायकको अवार्ड यस कुमारले, गायिकाको अवार्ड निता आचार्यले, संगीतकारको अवार्ड नरहरी प्रेमीले, गीतकारको अवार्ड टेक तामाङले र आधुनिक महिला गीतकारको अवार्ड सविता पोख्रेलले प्राप्त गरे ।
यस्तै राष्ट्रिय भाव गीतको अवार्ड कर्माले, गलज तर्फको अवार्ड रुद्रशेखर शर्माले, गजलकै जुरी अवार्ड संगीता राना प्रधान र युगल गायनको अवार्ड मोहन श्रेष्ठ÷ सहिमा श्रेष्ठले सँयुक्त रुपमा पाए । यसैगरी पप गायन तर्फ गायकको अवार्ड डेविड शँकरले, गायककै डायस्पोरा अवार्ड चेष्टर लिम्बूले, लोक पपतर्फ गायनको अवार्ड नविन कार्कीले, गीतकारको अवार्ड अनिल तिखत्रीले, संगीतकारको अवार्ड मानस राजले हाँसिल गरे ।
यस्तै लोकदोहोरी तर्फ नै पुरुष मोडलको अवार्ड सागर लम्साल (बले)ले, महिला मोडलको अवार्ड एन जेड सालुले, महिला मोडलको जुरी अवार्ड प्रमिता राजघतानीले, नव मोडल पुरुषको अवार्ड बसन्त उदासले र नव मोडल महिलाको अवार्ड मिशेल घिमिरेले हाँसिल गरे । निम अवार्ड समारोहमा लोक गीततर्फ मौलीक गीतको अवार्ड हेमन्त कान्छा रसाईली र उत्कृष्ट म्युजिक भिडियो निर्देशकको अवार्ड कमल एक्चै मगरले प्राप्त गरे ।
कार्यक्रममा लोकदोहोरी तर्फ गीत रचनाको अवार्ड सागर बाँस्तोलाले, लयको आवर्ड ऋषि खड्काले, गायकको अवार्ड राम कुमार नेपालीले, गायिकाको अवार्ड सञ्जु न्यौपाने हाँसिल गरे ।
समारोहमा नव महिला मोडल तर्फ नै पब्लिक च्वाईस अवार्ड पुनम श्रेष्ठले, कोरियोग्रफरको अवार्ड राहुल बराईलीले, म्युजिक एरेन्जरको अवार्ड सुदिप सागरले प्राप्त गरे । सो क्रममा आधुनिक÷पप गीति तर्फ भिडियो निर्देशकको अवार्ड केशव राज भट्टले, पुरुष मोडलको अवार्ड राज टाईगरले, महिला मोडलको अवार्ड अश्विनी शाहीले र लोकदोहोरी भिडियो निर्देशकको अवार्ड सृजन बरालले हाँसिल गरे ।
प्राविधिक विधा तर्फ ध्वनी मिश्रणको अवार्ड नरेन्द्र वियोगीले, छायाँकारको अवार्ड मुकेश हुमागाईले, म्युजिक भिडियो सम्पादकको अवार्ड अमृत चापागाईले पाए ।
समावेशी तर्फ डेउडा गीतको अवार्ड शान्ति शाहीले, मैथली भोजपुरी तर्फ गीतको अवार्ड प्रेमनारायण झाले, गायनको अवार्ड विरेन्द्र कुमार झाले, म्युजिक भिडियो अवार्ड मुन्ना कुमार र जुरी अवार्ड बद्री शाहले हाँसिल गरे । यस्तै नेपाल भाषातर्फ गीतकारको अवार्ड नातीकाजी महर्जनले, संगीतकारको अवार्ड मनराज नकर्मीले, गायनको अवार्ड मोहन शाक्यले, नेपाल भाषा म्युजिक भिडियोको अवार्ड दर्शन वीर शाक्यले प्राप्त गरे ।
कार्यक्रममा मन्त्री भानुभक्त जोशीले यस्ता कार्यक्रमहरुले प्रतिभालाई प्रोत्साहन मिल्नका साथै गीत संगीतको विकाशमा टेवा पुग्ने विश्वास व्यक्त गरे । यस्तै बागमति प्रदेशका श्रम तथा यातायात मन्त्री लक्ष्मण लम्सालले राज्यले गर्नु पर्ने यस्ता महत्वपूर्ण कार्यहरु पिम नेपालले आयोजना गरेर निकै प्रसँसनीय कार्य गर्दै आएको छ भने ।
आयोजक संस्था पिम नेपालका अध्यक्ष माधव राज खरेलले पिम अवार्डबारे प्रकाश पार्दै कार्यक्रममा भने,‘विगत ७ वर्ष देखि आयोजना हुदै आएको निम अवार्डले नेपालमा बोलीने विभिन्न भाषाभाषिहरुमा बनेका गीत र गीतका भिडियोहरुलाई प्रोत्साहन स्वरुप अवार्ड तथा सम्मान प्रदान गर्दै आईरहेको छ ।’
यस्तै नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले पहिलो सृँखलादेखि नै आफु सल्लाहकारको रुपमा रहँदै आएको र निम अवार्ड समावेशी अवार्डको रुपमा स्थापित भएको बताए । कार्यक्रममा स्वागत मन्तब्य शान्तिप्रिले व्यक्त गरेका थिए ।
कार्यक्रममा अवार्ड सँयोजक कमला जोशीले कार्यक्रममा सो अवार्डको बारेमा प्रकाश पारेकी थिईन् । सनम कठायतको व्यबस्थापन रहेको सो कार्यक्रमको निर्देशकमा राजन थापा र सल्लाहकारमा व्याकुल माईला थिए ।